२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

किशोरी सशक्तिकरणका लागि धर्मगुरुहरुसंगको पाँचौ चौमासिक अभिमुखीकरण

मंगलवार , चैत्र ३, २०७७

भैरहवा, ३ चैत । 
दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको आयोजना तथा केएर नेपाल, बुटवलको सहयोगमा किशोरी सशक्तिकरणका लागि धर्मगुरुहहरुसंग पाँचौ चौमासिक अभिमुखीकरण तथा समापन कार्यक्रम (टिपिङ्ग पौइन्ट फेज–२) सम्पन्न भएको छ ।

टिपिङ्ग पौइन्टका बृहतर उद्देश्य तथा रणनीतिगत पुष्ठभुमिका केन्द्रीत रहँदै धर्मगुरुहरुको ज्ञान अभिवृद्धि गर्ने, बाल विवाहका विकल्पहरुको प्रवद्र्धन गर्ने गरी बालिका÷किशोरी सशक्तिकरणका लागि धर्मगुरुहरुको अभियानलाई प्रेरित गर्ने, धर्मगुरुहरुमा उनीहरुको आफ्नै जीवन र समुदायमा रहेका शक्ति, गतिशिलता, विशेष गरी महिला तथा पुरुषको सन्दर्भमा रहेका गतिशिलताको बारेमा व्यक्तिगत चिन्तनलाई बढावा दिने, लैंगिक हिंसा रोक्ने मूल आधारहरुको रुपमा लैंगिक हिंसाका कारकहरु र यसलाई बढावा दिने आम कुराहरुको विश्लेषण कार्यलाई सुदृढ बनाउने, धर्मगुरुहरुको रुपमा उनीहरुको सम्बन्धित क्षेत्रमा क्रियाशिलता अभिवृद्धिको लागि सीपहरुको गर्ने कार्यक्रमको उद्देश्य रहेको दलित सामाजिक विकास केन्द्रले जनाएको छ ।

कार्यक्रममा लैंगिकता, शक्तिको सम्बन्ध, बाल विवाह र किशोरी माथिको प्रतिबिन्ध, यौनिकता/पितृसत्ता/पुरुषत्व सम्बन्धी अवधारणा, लैंगिक हिंसा विषयमा छलफल गरिएको थियो । कार्यक्रममा लैंगिक हिंसा र महिलाका कानूनी हक विषयमा महिला तथा बाल अधिकारको विषयमा जिल्ला सञ्जाल रुपन्देहीका सदस्य सचिव अधिवक्ता सुनिल कुमार त्रिपाठीले प्रस्तुतीकरण गरेका थिए ।

त्यस्तै केएर नेपालका कार्यक्रम अधिकृत नवराज शर्मा, कार्यक्रम संयोजक निर्मला सिंह, अनुगमन तथा मुल्यांकन सुपरभाइजर धन कुमारी चौधरीले सहजीकरण गरेका थिए । कार्यक्रममा २७ जना धर्मगुरुहरुको सहभागिता रहेको थियो । कार्यक्रममा दलित सामाजिक विकास केन्द्रका उपाध्यक्ष संजय कुमार कोरीले संस्थाको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा सहभागि धर्मगुरुहरुले सामाजिक अभियानको रुपमा निरन्तर लाग्न शुभकामना दिएका थिए ।