२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

मुख्यमन्त्री आचार्यद्वारा विद्यार्थीसँग छलफल

मंगलवार , माघ २२, २०८१

दाङ, २२ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यार्थीसँग छलफल गरेका छन् । रोल्पा जिल्ला कोटगाउँस्थित नेपाल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीसँग मुख्यमन्त्री आचार्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गरेका हुन् । 

मुख्यमन्त्रीसँगको भेटमा विद्यार्थी तथा शिक्षकहरुले विद्यालयसम्म पुग्ने सडक नबनेको भन्दै बनाउन अनुरोध गरेका छन् । मुख्य सडकदेखि विद्यालयसम्म पुग्ने करिब २ सय मिटर सडक पक्की बनाउनुपर्ने माग राखिएको हो । मुख्यमन्त्री आचार्यले विद्यार्थी तथा शिक्षकहरुले राखेको माग सम्बोधन गर्ने बारेमा सरकारले पहल लिने बताए ।

‘तपाईहरुले राम्रोसँग पढ्नुस, ज्ञान हासिल गर्नुस् । सरकारले तपाईहरुको विद्यालयसम्म पुग्ने सडक बनाउँछ’मुख्यमन्त्री आचार्यले भने,‘यस वर्ष नभए अर्काे वर्ष यसलाई बनाउने गरी काम हुन्छ । हामीले यो माग पत्र भौतिक पूर्वाधार विकास मन्त्रालयमा पठाउँछौं ।’ विद्यार्थीहरुले बाटो नबन्दा बर्षातको समयमा हिलो र हिउँदको समयमा धुलोले हैरानी हुने गरेको बताएका थिए । विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर पुनसहित विद्यार्थीहरुले मुख्यमन्त्रीसँग छलफल गरेका थिए ।