
बिहिवार , माघ २४, २०८१
भैरहवा, २४ माघ । रुपन्देहीको भैरहवामा याडिया इपोक स्कुटर विक्री सुरु भएको छ । इलेक्ट्रिक स्कुटर याडिया कम्पनीको आधिकारिक विक्रेता जगत ई मोटर्स प्रा.लि.ले सिद्धार्थनगर नगरपालिका–८ स्थित नारायणपथको सोरुमबाट स्कुटर विक्री सुरु गरेको हो । बुधबार एक कार्यक्रमकाबीच कम्पनीले भैरहवामा उक्त स्कुटर सार्वजनिक गरेसँगै विक्री सुरु भएको भैरहवाको लागि आधिकारिक विक्रेता जगत ई मोटर्स प्रा.लि.का प्रबन्ध निर्देशक रिश्चल थापाले बताए ।
प्रबन्ध निर्देशक थापाका अनुसार २ लाख ३५ हजार रुपैयाँ मूल्य रहेको उक्त इलेक्ट्रिक स्कुटरले अधिकतम १५० किलोमिटरको रेन्ज दिन्छ । ‘स्कुटर आकर्षक, स्टाइलिस, पावरफूल छ’ उनले भने–‘स्कुटर इपोकमा ३ हजार वाटको टिटीफार मोटरका साथ ७२ भोल्ट/३८ एचको ग्राफिन ब्याट्रीको प्रयोग गरिएको छ ।’
थप जेनेरेशन अर्थात् तेस्रो पुस्ताको नयाँ टेक्नोलोजीमा आधारित रहेकाले कम मूल्यमै स्कुटरले अधिकतम रेन्ज दिने कम्पनीले जनाएको छ । ‘जसअनुसार ग्राफिन् ब्याट्रीको प्रयोग गरिएको याडिया इपोकले एकपटकको फूल चार्जमा १५० किलोमिटर रेन्ज दिन्छ’, उनले भने । प्रतिघण्टा ६० किलोमिटरका गतिमा गुडाउन सकिने इपोकले १५० एनटर्क उत्सर्जन गर्ने क्षमता राख्छ । जसले सहरी र उकालो यात्रामा पनि सहज र पिक पावर क्षमता राख्ने कम्पनीको दावी छ । ‘इपोकलाई १२ डिग्रीको उकालोमा ३० मिनेटसम्म लगातार चलाउन सकिने गरी डिजाइन गरिएको छ । आधुनिक शहरी यात्रुको आवश्यकता पूरा गर्ने डिजाइन गरिएको स्कुटरले उत्कृष्ट प्रदर्शन, उच्च प्रविधि र आरामदायी अनुभव प्रदान गर्ने हाम्रो विश्वास छ’, थापाले भने ।
स्कुटरमा ३८० मिमी पेडल स्पेस उपलब्ध छ भने ६३० एमएमको फराकिलो सिट, ३० लिटर स्टोरेज बक्स (डिक्की) उपलब्ध छ । याडिया इपोकमा एप अनलक, उन्नत सुरक्षा र सहज कनेक्टिभिटी प्रविधि जडान गरिएको छ । आकर्षक ग्रिल आकारका हेडलाइट र कार ग्रेड स्तोभिङफिनिशले स्कुटरलाई थप प्रिमियम बनाएको छ । ई–स्कुटरको अगाडि र पछाडीको डिस्क ब्रेकहरुले भरपर्दो ब्रेकिङ शक्ति प्रदान गर्ने कम्पनीले जनाएको छ ।
हाल नेपाली बजारमा याडियाका रुपन्देही जिल्लामा बुटवल र भैरहवा गरी २ वटा डिलरसीप तथा विक्री केन्द्रहरुमार्फत स्कुटरको विक्रीवितरण भइरहेको छ । ‘ग्राहकका सेवा र सुविधाका लागि याडिया स्कुटरको सर्भिस सेन्टरसहित दक्ष प्रविधिका टेक्निसियन राखिएको छ’, उनले भने । कम्पनीका थप उत्कृष्ट नयाँ मोडलहरु सन् २०२५ भित्रै बजारमा ल्याउने योजना रहेको कम्पनीले जनाएको छ ।
ई मोटर्स प्रा.लि.का सेल्स इञ्चार्ज संजय अधिकारीले याडिया इपोक विद्युतीय स्कुटर प्रयोगले धेरै फाइदा हुने दावी गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij