२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

प्याराग्लाइडिङ दुर्घटनामा सैनिक जवानको मृत्यु

मंगलवार , चैत्र ३, २०७७

  • 4.8K
    Shares
  • 4.8K
    Shares
  • कास्की, ३ चैत्र। नेपाली सेनाद्वारा पोखरामा संचालन भैरहेको साहसिक खेल प्याराग्लाइडिङ्ग प्रशिक्षणका क्रममा दुर्घटनामा परी नेपाली सेनाका एक जवानको मृत्यु भएको छ। 

    नेपाली सेनाको प्याराग्लाइडिङ तालिमका क्रममा फेवातालमा खसेका धादिङ्ग नीलकण्ठ नगरपालिका निवासी सैनिक जवान २३ वर्षीय राजाराम मगरको उपचारका क्रममा मृत्यु भएको हो। 

    सेनाको कालीजङ्ग गणमा कार्यरत रहेका राजारामको उपचारका क्रममा सैनिक अस्पतालमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिएका छन्। 

    प्रबक्ता हमालका अनुसार दुर्घटनालगत्तै सेना र सशस्त्र प्रहरीले उद्धार गरी पोखरा–११ रानीपौवास्थित सैनिक अस्पताल पु¥याएकामा उपचारका क्रममा निधन भएको हो।