२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भारत–नेपाल मैत्रीपूर्ण मिडिया क्रिकेटको ट्रफी र जर्सी सार्वजनिक

बिहिवार , माघ २४, २०८१

नौतनवा (भारत), २४ माघ । भारतको महाराजगञ्जमा कार्यरत सञ्चारकर्मी र रुपन्देहीस्थित लुम्बिनी प्रेस क्लबबीच आगामी आइतबार नौतनुवामा दोस्रो भारत–नेपाल मैत्रीपूर्ण मिडिया क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतियोगिताका विजेताले प्राप्त गर्ने ट्रफी र दुवै मुलुकका खेलाडीका जर्सी सार्वजनिक गरिएको छ ।

476500973_634180199075542_754531909394735653_n.jpg

भारतीय मिडियाकर्मीका अनुसार दुवै मुलुकका सञ्चारकर्मीबीच आपसी सम्बन्ध मजबुत तुल्याउने उद्देश्यले मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको दोस्रो शृंखला आयोजना गरिएको हो । एकवर्ष अघि पहिलोपटक भारतीय सञ्चारकर्मीको आयोजनामा नौतनवामा प्रतियोगिता सञ्चालन गरिएको थियो । दुवै  मुलुकका सञ्चारकर्मीको सम्बन्ध थप विस्तार गर्ने उद्देश्यले माघ २ गते लुम्बिनी प्रेस क्लबले पनि भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा दुई मुलुकका सञ्चारकर्मीबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगित आयोजना गरेको थियो ।

बुधबार मध्यान्ह नौतनवाको एक रेष्टुरेण्टमा आयोजित पत्रकार सम्मेलनमा मैत्रीपूर्ण क्रिकेटका प्रयोजक, लुम्बिनी प्रेस क्लबका अध्यक्ष तथा टीम कप्तान कमल रायमाझी र भारतीय मिडिया क्लबका कप्तान अमित त्रिपाठी लगायतले नेपाल र भारतका सञ्चारकर्मीको जर्सी र ट्रफी सार्वजनिक गरेका थिए । 

भारतीय मिडिया टीमका कप्तान अमित त्रिपाठीले प्रतियोगिताबारे जानकारी गराउन, ट्रफी र जर्सी सार्वजनिक गर्न प्रेस वार्ता आयोजना गरिएको जनाए । यसमार्फत दुवैतर्फका टीमको तयारी आदानप्रदान हुने र खेलको प्रचारमा मद्दत पुग्ने त्रिपाठीले बताए ।

लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले दुवै मुलुकका सञ्चारकर्मीबीच सम्बन्ध प्रगाढ तुल्याउन मैत्रीपूर्ण क्रिकेटले सघाउने बताए । क्रिकेटसँगै आगामी दिनमा दुबै मुलुकका समाचार मुद्दामा पनि साझेदारी गरेर अगाडि बढ्न सकिने उनले बताए । 

भारतीय मिडिया टीमका कप्तान त्रिपाठीका अनुसार फेब्रुअरी ९ तारिख (माघ २७) गते बिहान १० बजे दुवै मुलुकका सञ्चारकर्मीबीच नौतनवामा मैत्रीपूर्ण क्रिकेट खेल हुनेछ । उनका अनुसार १५–१५ ओभरको खेल खेलाइनेछ । साथै विजेता टीमलाई ट्रफी र खेलाडीलाई मेडल र प्रमाणप्रदान गरिनेछ । 

नौतनवास्थित डा.राम मनोहर खेलमैदानमा उक्त प्रतियोगितामा नेपाल र भारतका प्रतिष्ठित उद्यमी र सरकारी अधिकारीको समेत सहभागीता रहनेछ ।