२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

रूपन्देही सुपर लिग : तिलोत्तमा क्रिकेट क्लब सेमीफाइनलमा

बिहिवार , माघ २४, २०८१

भैरहवा, २४ माघ ।  तिलोत्तमा क्रिकेट क्लबले बुटवल राइनोजलाई पराजित गर्दै रुपन्देहीको भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत बिहीबार भएको ‘ए’ डिभिजनको खेलमा तिलोत्तमाले बुटवल राइनोजलाई ३ विकेटले पराजित गरी सेमीफाइनलमा पुगेको हो । प्रतियोगितामा यसअघि तिरुपति क्रिकेट क्लब सेमीफाइनलमा पुगिसकेको छ ।

जीतका लागि पाएको ६७ रनको सामान्य लक्ष्य तिलोत्तमाले १० ओभर २ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । उसको जितमा सन्दीप यादवले १५ तथा कृष्ण भुसालले अविजित १५ र दिलसाद अलीले नटआउट १२ रनको योगदान गरे । बलिङमा बुटवल राइनोजका नितिन त्रिपाठी र इमरान शेषले २–२ तथा सुरज सारु र सुनिल गुरुङले १–१ विकेट लिए ।

यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बुटवल राइनोजले निर्धारित ५० ओभरमा २८ ओभर १ बल खेल्दै सबै विकेट गुमाएर जम्मा ६६ रन बनाएको थियो । उसका लागि रोजन क्षेत्रीले सर्वाधिक १६ र सुमित बुढाथोकीले १० रन बनाए पनि अन्य ब्याटर भने चल्न सकेनन् । 

बलिङमा उसलाई सस्तैमा रोक्न तिलोत्तमाका आशुतोष पाण्डेले ३ तथा विपिन खत्री, कृष्ण कार्की र सागर भण्डारीले समान २–२ विकेट हात पारे । खेलमा आशुतोष पाण्डे प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सह–प्रायोजनमा जारी प्रतियोगिताको विजेता टीमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 
त्यस्तै हरेक खेलको म्यान अफ द म्याचले १ हजार २ सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरज प्रताप

खाणले बताए ।