२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

११५ औं वार्षिकोत्सव मनाउँदै लुम्बिनी प्रादेशिक अस्पताल

बिहिवार , माघ २४, २०८१

  • 916
    Shares
  • 916
    Shares
  • बुटवल, २४ माघ । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले आफ्नो ११५ औं वार्षिकोत्सव विविध अतिरिक्त क्रियाकलापसहित मनाउने भएको छ । वार्षिकात्सव सफल पार्नका लागि अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठको संयोजकत्वमा मूल आयोजक समिति तथा विभिन्न उपसमितिहरु गठन गरिएको छ । 

    आगामी फागुन १५ गते मूल समारोह आयोजना गर्ने गरी तय गरिएका कार्यक्रमहरुसँगै अस्पतालको इतिहास, वर्तमान अवस्था र आगामी योजनाहरुलाई समेटेर स्मारिका प्रकाशन गरिने भएको छ । त्यसै गरी अतिरिक्त क्रियाकलाप अन्तरगत अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, नर्सिङ स्टाफ, कर्मचारी लगायतका विभिन्न विभागहरुबीच फुटबल, भलिबल, क्रिकेट र म्याराथन प्रतियोगिता आयोजना गरिने भएको छ । 

    त्यस्तै रक्तदान, फलफूल वितरण, सरसफाई तथा अस्पतालको स्वास्थ्य अवस्थाका विषयमा अन्तरक्रिया लगायतका कार्यक्रम तय गरिएको अस्पतालका प्रशासकीय प्रमुख राजन केसीले बताए । वार्षिकोत्सवका पूर्वसन्ध्यामा रुपन्देहीका पत्रकार र अस्पताल परिवारबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता समेत आयोजना गरिने भएको छ । वार्षिकोत्सवको दिन फागुन १५ गते बिहान विभिन्न सचेतनामूलक प्लेकार्डसहित प्रभातफेरीको आयोजना गरी बुटवल नगर परिक्रमा गर्ने कार्यक्रम तय भएको प्रशासकीय प्रमुख केसीले जानकारी दिए । 

    वार्षिकोत्सव सफल बनाउनका लागि मूल आयोजक समितिमा अस्पतालका अध्यक्ष श्रेष्ठको संयोजकत्वमा अस्पताल व्यवस्थापन समिति सदस्य लक्ष्मी खनाल, अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. इन्द्र ढकाल, प्रशासकीय प्रमुख राजन केसी, ठगेश्वर घिमिरे, नेहा थापा, रुपलाल पाण्डे, चिरञ्जिवी घिमिरे र पदम खनाल सदस्य रहेका छन् ।

    त्यसै गरी स्मारिका प्रकाशनका लागि ज्ञानहरी मरासिनीको संयोजकत्वमा नेत्र राना, वर्षा थापा, राजन केसी, खगेश्वर घिमिरे, रुपलाल पन्थी, चिरञ्जिवी घिमिरे, पदम खनाल र डि.बी. सुस्लिङ सदस्य रहने गरी समिति गठन गरिएको छ । मूल समारोहको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेको अस्पतालले जनाएको छ ।