२०८२, भाद्र २६ गते

Sep 11 2025 | २०८२, भाद्र २६ गते

आज प्रतिनिधिसभा बैठक, सभामुखको अनुपस्थितीमा अध्यक्षता गर्ने सांसद मनोनयन गरिने 

मंगलवार , चैत्र ३, २०७७

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • काठमाडौं, ३ चैत्र।

    प्रतिनिधि सभाको सातौं अधिबेशनको तेश्रो बैठक आज बस्दैछ। संसद सचिवालयका अनुसार आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा बैठक बस्ने भएको हो। 

    सचिवालयका अनुसार बैठकका लागि सम्भावित कार्यसूची तय भएका छन्। संसद पुनःस्र्थापित भएपछि आज तेस्रो पटक प्रतिनिधी सभाको बैठक बस्न लागेको हो। यसअघि गत फागुन २६ गते सरकारले विभिन्न अध्यादेश पेश गर्न लाग्दा प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेका कारणपछि केहीबेर स्थगित गरिएको बैठक आजका लागि सारिएको थियो।

    आजको बैठकमा सभामुख उपस्थित नभएका बेला सभाको अध्यक्षता गर्ने प्यानलमा रहने सांसदहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको छ। यसअघि आज बस्ने प्रतिनिधिसभा बैठकको कार्यसुचि तय गर्नका लागि हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधिसभा बैठकको कार्यसूची भने तय गर्न सकेको थिएन।

    आज प्रतिनिधी सभा बैठक बस्नुअघि परामर्श समितिको बैठक बसी कार्यसुची तय गर्ने कार्यक्रम रहेको सचिवालय श्रोतले जनाएको छ।