२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

मोबाइल पसलमा चोरी

शुक्रवार , माघ २५, २०८१

भैरहवा, २५ माघ । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–११ मोगलहास्थित एक मोबाइल पसलमा चोरी भएको छ । उपहार मोबाइल सप एण्ड रिपेयरिङ सेन्टर नामक पसलमा गएराती चोरी भएको हो । 
मोबाइल व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष बैजनाथ गुप्ता (बी.एन.)का अनुसार पसलबाट करिब डेढदेखि २ लाख बराबरको सामान चोरी भएको हो ।

‘राती १२ः५५ बजे पसलमा चोरी गर्न गएका व्यक्तिहरुलाई एक घण्टासम्म ताला तोड्न समय लागेको देखिन्छ, त्यसपश्चात उनीहरुले १० मिनेटमा सामान चोरी गरेको पाइएको छ’गुप्ताले भने–‘पसलमा प्रयोग गरिदै आएको ल्यापटप र ग्राहकले मर्मत गर्न दिएका मोबाइल चोरी भएको हो ।’

यसअघि गत पुस महिनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५  कोटिहवास्थित एक मोबाइल पसलमा चोरी भएको थियो ।