२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

राष्ट्रिय शिक्षा नीतिबारे कांग्रेसले सातै प्रदेशमा छलफल चलाउन तोक्यो संयोजक

मंगलवार , चैत्र ३, २०७७

काठमाडौं, ३ चैत । 
नेपाली कांग्रेसले बर्तमान सरकारले ल्याएको ‘राष्ट्रिय शिक्षा नीति’बारे पार्टीको साझा धारणा बनाउन सातै प्रदेशमा छलफल गर्ने भएको छ ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस शिक्षा विभागको बैठकले नेपाल सरकारले तयार पारेको राष्ट्रिय शिक्षा नीतिलाई देशभर छलफल गर्ने निर्णय गरेको हो ।

कांग्रेस शिक्षा विभागका प्रमुख एवं कांग्रेस केन्द्रीय सदस्य हरिप्रसाद नेपालको संयोजकत्वमा बसेको बैठकले ‘राष्ट्रिय शिक्षा नीति’लाई सातै प्रदेशमा छलफल गर्नका लागि संयोजकसमेत तोकेको छ ।

विभागले प्रदेश नम्बर १ मा गोकर्ण बानियाँ, प्रदेश नम्बर २ मा रघुसिं थारू, वाग्मती प्रदेशमा दीपेन्द्र सिजापति, गण्डकी प्रदेशमा चिनु रानाभाट, लुम्बिनी प्रदेशमा राधेश्याम पाठक, कर्णाली प्रदेशमा डा. महेन्द्र कुमार मल्ल र सुदूरपश्चिम प्रदेशमा सुरेशराज जोशीलाई संयोजक तोकेको छ ।

तोकिएका संयोजकहरुले सातवटै प्रदेशमा व्यापक छलफल गरी सुझाव संकलन गर्ने निर्णय गरेको शिक्षा विभागका सचिव डा.कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।