२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

एलएसडीटीले सशस्त्रका एसपीलाई दियो शुभकामना, एसपीले दिए ‘खुसीको सूत्र’

आइतवार , माघ २७, २०८१

भैरहवा, २७ माघ । रुपन्देहीको भैरहवामा नियमित सञ्चालन भइरहेको लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङ (एलएसडीटी) मा सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापाले मगरले ‘मेरो कर्म, मेरो खुशी’ विषयमा एलएसडीटीका सदस्यहरुबीच आफ्नो ज्ञान अनुभव साझा गरेका छन् ।

सामाजिक अगुवा तथा कार्यक्रमका अध्यक्ष लता पोखरेलले भनिन्– ‘कार्यक्रम प्रमुख वक्ता आनन्द थापा सरको विचार प्रवाहले हाम्रो नेतृत्व क्षमता वृद्धि भएको छ । उहाँले हेप्पिनेसको सुत्र दिनुभयो ।’ उनले सबैलाई धन्यवाद ज्ञापन समेत गरिन्  ।

एलएसडीटी १४७ औं श्रृंखलाका प्रमुख अतिथि समेत रहेका सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा, रुपन्देहीका प्रमुख थापा मगरले तालिममा उपस्थितिलाई प्रशिक्षित गर्दै भने–‘जीवनमा संगतको महत्वपूर्ण भूमिका हुन्छ । संगतको एक झिल्कोले जीवनमा उज्यालो आउँछ । संगत राम्रो हुन् नसके जीवनमा खुशी हराएर जान्छ ।’

कानून विषयमा स्नातकोत्तर गरेका प्रहरी उपरीक्षक थापाले प्रशिक्षणका क्रममा आफ्नो अनुभव साझा गर्दै भने–‘नियमित अभ्यासले सफलता दिन्छ । त्यसैले अभ्याससँग खुशी जोडिएको हुन्छ । जसरी पानीको नियमित बेगले ढुंगामा पनि गहिराइ बनाउँछ, त्यसरी नै जीवनमा अभ्यासले पत्याउन नसकिने सफलता प्राप्त गर्न सकिन्छ ।’

पब्लिक एडमिनिस्ट्रेशनमा समेत स्नातकोत्तर गरेका अध्यनशील थापा मगरले विचार र कारणको अन्तरसम्बन्धका बारेमा पनि विचार प्रवाह गरेका थिए । उनले ‘मेरो कर्म, मेरो खुशी’ बारेमा आफ्नो जीवनका बारेमा घटेका सन्दर्भलाई समेत साझा गरेका थिए । मेरो काममा मेरो चाहना छ, भने मेरो खुशी त्यहाँ पाउँछु भन्दै आफ्नो कामप्रति खुशी रहेको बताए ।

WhatsApp Image 2025-02-08 at 8.27.29 PM.jpeg

आफ्नो पेशाको विषयगत अध्यन प्रशिक्षणका लागि इटाली चाइना समेत बसाइ गरेका एसपी थापाले करिब १ घण्टासम्म तालिममा सहभागीहरुलाई उत्प्रेरित गरेको एलएसडीटी व्यवस्थापन समिति सदस्य तथा सामाजिक अगुवा रीता थापाले बताइन् । थापाले तालिमको प्रारम्भमा सहजीकरण गरेकी थिइन् ।

भैरहवास्थित एसियन बुद्ध होटलमा आयोजित कार्यक्रमका बीचमा एलएसडीटी बाल मंच र एलएसडीटी युथका सदस्यहरुबीच वक्तृत्वकला प्रतियोगिता पनि भएको थियो । प्रतियोगितामा विधान विजय पाण्डे, कौशल पाण्डे, सुधिर अर्याल, इभा रेग्मी, सबल पन्त, प्रवल पन्त, सम्यक अधिकारी र सेविका पराजुलीले भाग लिएको निर्णायक समितिका सदस्य बसन्ता गौतमले जानकारी दिइन्  । निर्णायक समितिका अर्का सदस्य मदन पौडेलले वक्तृत्वकला प्रतियोगिताको महत्व र नियमबारे चर्चा गरेका थिए ।

प्रतियोगितामा सहभागीहरुलाई प्रमुख अतिथि एसपी थापा मगरले बोल्ने कलाबारे पनि आफ्नो अनुभव साझा गर्नुभएको एलएसडीटी व्यवस्थापन सदस्य संजिव जोशीले बताए । रुपन्देहीबाट सरुवा भएका थापालाई शुभकामना र सम्मान समेत गरिएको थियो । एसपी आनन्द थापा एलएसडीटीको शुभेच्छुक र सहयोगी प्रशिक्षक पनि हुनुभएकोले उहाँको आगामी यात्रा सफल रहोस भनी एलएसडीटीले बिदाई समेत गरेको एलएसडीटी व्यवस्थापन समितिका सचिवालय प्रमुख बिरेन्द्र ज्ञवालीले बताए ।

तालिमको प्रारम्भ ध्यानबाट हुने गर्छ । यस श्रृंखलामा ब्रह्माकुमारी आकृतिले ध्यान गराएको कार्यक्रम सञ्चालक तथा एलएसडीटीका आजीवन सदस्य दीपक पौडेल शर्माले बताए । कार्यक्रममा एलएसडीटी आजीवन सदस्य सेविका पराजुलीले स्वागत गरेकी थिइन् । यसको मुख्य प्रशिक्षक तथा संस्थापक विजय पाण्डे हुन् । तालिम निशुल्क सञ्चालन हुने गरेको व्यवस्थापन समितिका कृष्ण शाहले बताए  ।