
आइतवार , माघ २७, २०८१
भैरहवा, २७ माघ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) को केन्द्रीय सह–महासचिवमा रुपन्देहीका सन्दीप कुमार त्रिपाठी मनोनित भएका छन् । त्रिपाठीलाई पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले सह–महासचिवमा मनोनयन गरेका हुन् । लामो समय विद्यार्थी राजनीतिमा क्रियाशील त्रिपाठीले पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
त्यस्तै सह–महासचिवमा नवलपरासीका पुरन चौधरी, कपिलवस्तुका दिग्विजय मिश्र र बाँकेका जगदीश शुक्ललाई मनोनयन गरिएको लोसपा नेपालले जनाएको छ । केन्द्रीय सचिवमा रुपन्देहीका गणेश पाल मनोनित भएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij