२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

नेपाल नालन्दामा अनेरास्ववियूको कमिटी गठन

मंगलवार , चैत्र ३, २०७७

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • भैरहवा, ३ चैत । 
    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले रुपन्देहीमा संगठन विस्तारलाई तीव्रता दिएको छ । केन्द्रिय सर्कुलर बमोजिम रुपन्देहीमा संगठन विस्तारलाई तीव्रता दिएको अनेरास्ववियूका केन्द्रीय सदस्य सरोज ठकुरीले बताए ।

    सोही क्रममा मंगलबार सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ स्थित नेपाल नालन्दा आवासीय माध्यमिक विद्यालयमा अनेरास्ववियूले २५ सदस्यीय कमिटी गठन गरेको छ । रोशन धवलको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएको अनेरास्ववियू रुपन्देही जिल्ला सदस्य सागर न्यौपानेले बताए । कमिटीको उपाध्यक्षमा उपाध्यक्षमा आशिष भुज, सचिवमा हेमराज सारु मगर, कोषाध्यक्षमा सिम्रन वि.क., सह–सचिवमा सहिद अलि र सोनिया सिंह ठकुरी रहेका छन ।

    कार्यक्रममा अनेरास्ववियूका केन्द्रिय सदस्य सरोज ठकुरी, जिल्ला सदस्य सागर न्यौपाने, भैरहवा बहमुखी क्याम्पस कमिटी सचिव आशिष पन्त, अनुशासन विभाग प्रमुख गणेश पोख्रेल, मधेशी विद्यार्थी विभाग प्रमुख अजय यादव लगायतको उपस्थिति रहेको थियो ।