२०८३, बैशाख ७ गते

Apr 20 2026 | २०८३, बैशाख ७ गते

एमाले सिद्धार्थनगर–४ को दोस्रो अधिवेशन, अध्यक्षमा थापा

सोमवार , माघ २८, २०८१

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • भैरहवा, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४, रुपन्देहीको दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको अधिवेशनले थमन थापाको अध्यक्षतामा ९ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरेको एमाले रुपन्देही जिल्ला सदस्य तथा सिद्धार्थनगर–४ का इञ्चार्ज कृष्ण मल्ल ठकुरीले बताए ।

    वडा कमिटीको उपाध्यक्षमा राजु भुजेल, सचिवमा नवराज ठकुरी र उपसचिवमा श्रीनिवास गुप्ता रहेका छन् । सदस्यहरुमा लाल बहादुर थापा, बिशाल गुरुङ, राम नयन केवट, मनि वि.क. र राजु गुप्ता रहेका छन् ।
    एमाले जिल्ला सदस्य तथा वडा नम्बर ४ का इञ्चार्ज कृष्ण मल्ल ठकुरीको अध्यक्षता, लुम्बिनी प्रदेश कमिटी सदस्य हरि प्रसाद अधिकारीको प्रमुख आतिथ्यता, रुपन्देही जिल्ला उपाध्यक्ष हितराज पन्थी, सिद्धार्थनगर कमिटी अध्यक्ष चक्र बहादुर थापाको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रमको सञ्चालन पार्टीको नगर सचिव उमेश थापा लाटोमगरले गरेका थिए ।

    WhatsApp Image 2025-02-09 at 12.43.43 PM.jpeg