
सोमवार , माघ २८, २०८१
भैरहवा, २८ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोटहीमाई गाउँपालिका वडा नम्बर ४ को वडा भेला सम्पन्न भएको छ । भेलाले राजकुमार यादवको अध्यक्षतामा १७ सदस्यीय वडा कार्यसमति सर्वसम्मत गठन गरेको छ । यादव पूर्व वडा सदस्य समेत हुन् ।
त्यस्तै वडा कार्यसमितिको उपाध्यक्षमा दुर्गेश पासवान, गुडिया पासी, सचिवमा सन्तराम हरिजन र कोषाध्यक्षमा राधेश्याम लोध रहेका छन् ।
त्यस्तै अग्रज नेता मोहरतको अध्यक्षतामा पाँच सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । कार्यक्रममा पूर्व वडाअध्यक्षसहित विभिन्न पार्टी परित्याग गरी २२ जना राप्रपामा प्रवेश गरेका थिए । राप्रपा रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले उनीहरुलाई पार्टीमा प्रवेश गराएका थिए ।
पूर्व वडा सदस्य राम कुमार यादवको अध्यक्षता, राप्रपा रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताको प्रमुख आतिथ्यता, क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष सद्दाम शाहको विशिष्ट आतिथ्यता र कोटहीमाई–३ का अध्यक्ष नन्दराम कुर्मीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij