
सोमवार , माघ २८, २०८१
बुटवल, २८ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक उत्तरदायित्व बहन गर्ने प्रभावकारी माध्यम बन्दै गएको बताएका छन् । धार्मिक तथा साँस्कृतिक अनुष्ठानहरूले समाजमा नैतिकता, एकता र सहयोगको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने गरेको मुख्यमन्त्री आचार्यले बताएका हुन् ।
बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँमा माघ २२ गतेदेखि सञ्चालित महायज्ञमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सामाजिक उत्तरदायित्व बहन गर्न धार्मिक तथा साँस्कृतिक अनुष्ठानको भूमिका महत्वपूर्ण भएको बताए । धार्मिक अनुष्ठानका माध्यमबाट नैतिक शिक्षा, धार्मिक चेतना र परोपकारी कार्यहरू प्रवद्र्धन गर्न सकिने उनले विश्वास व्यक्त गरे ।
‘व्यक्तिको जीवनशैली परिवर्तन गर्न जरुरी छ । अहिले व्यस्त जीवनशैलीका कारण विभिन्न रोगबाट ग्रसित हुनुपर्ने अवस्था छ । योग, ध्यान, साधनाबाट स्वस्थ र सन्तुलित जीवन बनाउन सकिन्छ’उनले भने–‘म पनि नियमित योग, ध्यान र साधना गर्छु । विभिन्न रोगबाट पीडित भएको म अहिले योग, ध्यान र साधनाबाटै स्वस्थ्य जीवनयापन गर्न पाएको छु ।’
स्थानीय समुदायको सहभागीताले यस्ता कार्यहरू अझ प्रभावकारी बन्ने र धार्मिक तथा साँस्कृतिक मूल्यमान्यताको संरक्षण हुने उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij