
मंगलवार , चैत्र ३, २०७७
भैरहवा, ३ चैत ।
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा नेपाली कांग्रेस, जनमत पार्टी लगायत पार्टी परित्याग गरी ६ सय जना बढी जनता समाजवादी पार्टी नेपाल (जसपा) मा प्रवेश गरेका छन् । जसपा लुम्बिनी सांस्कृतिक नगरपालिका लुम्बिनी सांस्कृतिक नगर कमिटीले पडरिया चोकमा आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा ६ सय बढी नेता कार्यकर्ता जसपामा प्रवेश गरेको जसपा रुपन्देहीका अध्यक्ष राम अवतार यादवले बताए ।
जसपामा प्रवेश गर्नेहरुमा अमिरुदिन मुसलमान, अहमद हुसेन, लालबहादुर हरिजन, सकिल खान, अमरनाथ बरई लगायत रहेको उनले बताए । उनीहरुलाई जसपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले पार्टीमा प्रवेश गराएका थिए ।
सो अवसरमा बोल्दै अध्यक्ष यादवले कम्युनिष्ट र कांग्रेस दुवै शक्ति सरकार चलाउन असफल भएकोले अब सरकारको नेतृत्व जसपालाई दिनुपर्ने बताए । सरकारको नेतृत्व गर्न आफ्नो पार्टी सक्षम रहेको भन्दै उनले केपी ओली नेतृत्वको सरकारमा सहभागी नहुने पनि बताए । यादवले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने र सम्भव नभए ओलीइतरका नेकपा ९माओवादी केन्द्र० र नेपाली कांग्रेससंग मिलेर संयुक्त सरकार बनाउने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij