२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

मेरिगोल्ड मन्टेश्वरीमा स्वास्थ्य शिविर

मंगलवार , माघ २९, २०८१

भैरहवा, २९ माघ। मेरिगोल्ड मन्टेश्वरी स्कूलमा स्वास्थ्य शिविर भएको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर १ ठुटीपिपलमा रहेको स्कूलको प्रांगणमा मंगलबार स्वास्थ्य चेकजाँच भएको हो । ओमसतिया गाउँपालिका र सेतो गुराँस बाल विकास सेवा रूपन्देहीको प्राविधिक सहयोगमा उक्त कार्यक्रम भएको हो । विद्यालयकी प्रिन्सिपल बिन्दु खरालले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापलाई प्राथमिकतामा राखेको बताउँदै समयसमयमा बालबालिकाको स्वास्थ्य अवस्था बुझ्न शिविरहरु राखिने गरेको बताइन् ।

बालबालिकाको उमेर अनुसार वृद्धि र विकास भएको छ कि छैन भन्ने उद्देश्यले चेकजाँच गरिएको सेतोगुराँस बाल विकास सेवा रुपन्देहीकी सामूदायिक सहजकर्ता रीमा चौधरीले बताइन् । मेरिगोल्ड मन्टेश्वरी स्कूलले खेलको माध्यमबाट पठनपाठन गराउनुका साथै बालबालिकाको तीव्र वृद्धि र विकास हुने उमेर समूहका बालबालिका भएकाले स्वच्छ खाना र खेलकुदलाई प्राथमिकता दिएको छ । शिविरमा ५ वर्षमुनीका ५८ जना बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो ।