२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

काशी नोबलद्वारा जिल्लास्तरीय फुटसल टुर्नामेन्ट

मंगलवार , माघ २९, २०८१

  • 901
    Shares
  • 901
    Shares
  • भैरहवा, २९ माघ । काशी नोबल एकेडेमी सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा जिल्लास्तरीय फुटसल टुर्नामेन्ट–२०८१ भएको छ । भैरहवामा भएको प्रतियोगिता अन्तर्गत सि.बि. पब्लिक हाई स्कूल र फ्युचर लाइट ईङलिस हाई स्कूलबीच भएको पहिलो खेलमा सि.बि. पब्लिक विजयी भएको छ । 

    त्यस्तै काशी नोबल एकेडमीको सी र बी टीमबीच भएको दोस्रो खेलमा बी टीम विजयी भएको छ । त्यस्तै जेसीज बोर्डिङ स्कूल र सन शाइन स्कूलबीच भएको तेस्रो खेलमा सन शाइन स्कुल विजयी भएको काशी नोबल एकेडेमीका प्राचार्य राजेन्द्र घिमिरेले जानकारी दिए । काशी नोबल एकेडेमी ए टीम र साई ग्लोबलबीच भएको चौथो खेलमा काशी नोबल एकेडमी ए टीमले जीत हासिल गरेको छ ।

    खेलमा काशी नोबल बी टीम प्रथम रनरअप भएको छ भने सेकेण्ड रनरअप सन शाइन स्कूल भएको कार्यक्रम संयोजक दीपक काफ्लेले बताए । खेलमा काशी नोबल एकेडेमी ए टीम विजयी भएको छ । खेलमा प्रथम पुरस्कार रु. १५ हजार नगदसहित शिल्ड र मेडल, दोस्रो पुरस्कार रु. १० हजार नगदसहित शिल्ड र मेडल तथा तेस्रो पुरस्कार रु. ५ हजार नगदसहित शिल्ड मेडल रहेको काफ्लेले जानकारी दिए ।

    काशी नोबल एकेडेमीका अध्यक्ष ओम जैसीको अध्यक्षता, फुटबल खेलाडी किसन थापाको प्रमुख आतिथ्यता, प्याब्सनका केन्द्रिय उपाध्यक्ष विष्णु पन्थी, प्याब्सन सिद्धार्थनगरका अध्यक्ष उदय कुमार मल्लिक, सन शाइनका ज्ञानदेव हटुवाल, फ्युचर लाइटका गम्भिर गुरुङलगायतको आतिथ्यता रहेको थियो ।

    काशी नोबल एकेडेमीका प्राचार्य राजेन्द्र घिमिरेको स्वागत मन्तव्यमा भएको कार्यक्रममा एकेडेमीका कोअर्डिनेटर हरि आचार्यले सञ्चालन गरेका थिए ।