२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

सामाजिक सञ्जाल विधेयकबारे शान्ति समाज रुपन्देहीको नागरिक सम्वाद

मंगलवार , माघ २९, २०८१

  • 565
    Shares
  • 565
    Shares
  • बुटवल, २९ माघ । मानवअधिकार तथा शान्ति समाज रूपन्देहीको आयोजनामा सामाजिक सञ्जाल विधेयक सम्बन्धी समतलिय गोलमेच नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ । नागरिक सम्वाद कार्यक्रम नेपाली कांगे्रसका नेता युवराज गिरी, वरिष्ठ लेखक ऋषि आजाद, नेकपा (माओवादी केन्द्र) का नेता महेन्द्र भुसाल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले चारवटा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।

    कार्यक्रममा जिल्ला सभापति अर्जुन ज्ञवालीले सामाजिक सञ्जाल विधेयकबारे शान्ति समाजको अवधारणा पत्र प्रस्तुत गरेका थिए । प्रमुख वक्ता मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय पूर्वसभापति  गोविन्द खनालले सरकारले प्रस्तुत गरेको नियमन सम्बन्धी विधेयकमा अभिव्यक्ति स्वतन्त्रतामा आँच आउने थुप्रै प्रावधानहरु रहेको बताए । ती प्रावधानहरुलाई हटाउनुपर्छ, उनले भने–‘हुबहु पारित भए शान्ति समाज आन्दोलनमा जाने घोषणा गर्छ ।’

    विधेयकको सन्दर्भमा कांग्रेसका नेता युवराज गिरीले सामाजिक सञ्जाललाई मर्यादित बनाउनुपर्ने बताए । वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईंले नियमनको नाममा राज्यलाई स्वेच्छाचारी बनाएर जनताको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न नहुने बताए । कार्यक्रममा वक्ताहरुले  सरकारद्वारा प्रस्तुत विधेयकका १० बुँदाहरुमा छलफल गरी विभिन्न सुझावहरु प्रस्तुत गरेका थिए । सहभागीहरुले सामाजिक सञ्जाल विधेयकले मौलिक हक र अभिव्यक्ति स्वतन्त्रतालाई मर्यादित बनाउने नाममा नियन्त्रण र कुण्ठित गर्न नहुने बताएका छन् । 

    कार्यक्रममा नेपाल पत्रकार महासघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, उपाध्यक्ष विश्वास ढकाल, बुटवल उद्योग वाणिज्य संघ बुटवलका अध्यक्ष हरि प्रसाद अर्याल, प्रगतिशील पत्रकार संघका केन्द्रिय अध्यक्ष श्यामलाल पोखरेल, नेमकिपाका नेता सुन्दर वासी, माओवादी केन्द्रका नेता महेन्द्र भुसाल, नेकपाका नेता शरद वली, पत्रकार महासंघ रुपन्देही सल्लाहकार विनोद परियार, वडाअध्यक्ष यज्ञ प्रसाद पंगेनी, कांग्रेस नेता ज्योति भण्डारी,  वरिष्ठ लेखक ऋषि आजाद, युवा नेता देवराज पोखरेल, पत्रकार कृष्ण खनाल, शंकर प्रसाद पोखरेल, राज्य टिभीका अध्यक्ष विष्णु भुसाल, अनलाइनखबर सम्वादाता टिआर शर्मा, उपभोक्ता संरक्षणका अध्यक्ष समुन्द्र जिसी, वरिष्ठ पत्रकार दामोदर खनाल, इन्जिनियर  सागर भुसाल, टुन टेक्नोलोजीका सिइयो राजीव गौतमले विधेयकबारे धारणा राखेका थिए ।

    नागरिक सम्वाद जिल्ला सभापति अर्जुन ज्ञवालीको अध्यक्षता, प्रमुख वक्ता मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय पूर्वसभापति गोविन्द खनाल, कार्यसमिति सदस्य सीता पौडेलको स्वागत, उपसभापति कृष्ण पाण्डेको धन्यवाद तथा सचिव लिलाधर लुइँटेलको सञ्चालन एवं केन्द्रिय सचीव डिपि खनाल, केन्द्रिय सदस्य रत्ना कंडेल, केन्द्रिय विभागका सदस्य खिम (कृष्ण) भट्टराई, कोषाध्यक्ष मोहनीलाल न्यौपाने, कार्यसमिति सदस्य सागर भुसाल लगायत अभियन्ता, सञ्चारकर्मी, सरोकारवालाहरुको उपस्थितिमा सप्पन्न भएको थियो ।

    IMG-20250211-WA0059(1).jpg