
मंगलवार , माघ २९, २०८१
तिलोत्तमा, २९ माघ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ स्थित आनन्दवन स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरमा भिडियो एक्स–रे सेवा सञ्चालनमा आएको छ । मंगलबार एक कार्यक्रमकाबीच तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण र उपप्रमुख जगेश्वर देवी चौधरीले संयुक्त रुपमा गर्भवतीका लागि निःशुल्क भिडियो एक्स–रे सेवाको उद्घाटन गरेका छन् ।
साथै प्रमुख खाण र उपप्रमुख चौधरीले आनन्दवन स्वास्थ्य स्वास्थ चौकीका इञ्चार्ज राम प्रसाद चुंदालीलाई भिडियो एक्स–रे मेसिन हस्तान्तरण गरेका छन् । कार्यक्रममा बोल्दै खाणले भिडियो एक्स–रे सेवाको लागि अन्यन्त्र जानुपर्ने बाध्यता अब नहुने र स्वास्थ्यचौकीमै यस्तो सेवा निःशुल्क सुरु भएकाले नगरबासीले प्रशस्त लाभ लिन सक्ने बताए । उनले उपकरणको सही सदुपयोग गर्नुपर्नेमा जोड दिदै गर्भवती र बिरामीलाई छिटोछरितो सेवा प्रवाह गर्न उक्त मेसिनले सहयोग पुग्ने बताए । खाणले स्वास्थ्य जस्तो संवेदनशील ठाउँमा सेवा प्रभावकारी बनाउन आफू सदैव सहयोग गर्न तत्पर रहने बताए । गर्भवतीका लागि भिडियो एक्स–रे सेवाकै लागि टाढाटाढा धाउनुपर्ने बाध्यताको अन्त्य गरेका छौं, ’उनले भने ।
त्यस्तै तिलोत्तमा नगरपालिकाकी उपप्रमुख चौधरीले अब गर्भवती महिलाले पालिका बाहिर गएर चेकजाँच गर्नुपर्ने बाध्यता हटेको बताइन् । यो सेवाले यस क्षेत्र वरपरका सेवाग्राहीहरुलाई थप सहज हुने उनले बताइन् ।
तिलोत्तमा वडा नम्बर–६ का वडाअध्यक्ष गणेश पाठकले स्थानीयस्तरमा भिडियो एक्स–रे सेवा नहुँदा तिलोत्तमाबाहिर जानुपर्ने बाध्यता टरेको बताए । उनले यो सेवाको उपयोग गर्न आग्रह गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij