२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

तिलोत्तमामा महिलाहरुलाई एड्भान्स ब्यूटीपार्लर तालिम

बुधवार , माघ ३०, २०८१

तिलोत्तमा, ३० माघ । ‘महिलासँग उपप्रमुख कार्यक्रम’ अन्तर्गत रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालित ब्यूटीपार्लर तालिम मंगलबार सम्पन्न भएको छ । खुसी ब्यूटीपार्लरको संयोजनमा २० जना महिलाहरुलाई सो ब्राइडल मेकअप ब्युटीसियन तालिम दिलाएको थियो ।

सो अवसरमा आफ्नो धारणा राख्दै नगरप्रमुख रामकृष्ण खाणले महिलाहरु सीप सिकेर समयमै आत्मनिर्भर भए समाजमा ठुलो योगदान पुग्ने र घरमै सीमित हुनुनपर्ने बताए ।  नगरपालिका महिलाको हकअधिकार र सुरक्षाको लागि हरदम तयार रहेकोले समाजका गलत गतिविधिहरुमा महिलाले सजग गराउनुपर्ने समेत बताए ।

नगर उपप्रमुख जगेश्वर देवी चौधरीले तालिमको समापनमा बोल्दै स्वरोगार बनी आर्थिक रुपमा मजबुत बन्न आग्रह गरेकी थिइन् । व्यवसायिक बन्नका लागि आगामी दिनहरुमा पार्लर व्यवसायलाई फरक तरिकाले सञ्चालन गर्न र आत्मनिर्भर बन्न सकिने उनले बताइन् ।

कार्यक्रममा बोल्दै वडाअध्यक्ष गणेश पाठकले महिलाले सीपको माध्यमबाट घर मात्रै नभइ समाज समेत चलाउन सक्ने भएकाले समाजमा रहेर आत्मनिर्भर रहन आग्रह गरे । उनले महिलाको सीप सिकाइले चुलोचौकोमा सीमित महिलालाई व्यवसायिक बन्न मद्दत गरेको बताए । 

महिला लक्षित कार्यक्रम अन्र्तगत यस आर्थिक वर्षको बजेटमा तालिम सञ्चालन भएको वरिष्ठ सामाजिक परिचालक अल्पा घिमिरेले बताइन् । ब्यूटीसियन तालिममा १७ वटा वडाका २० जनाले सीप सिकेका थिए । ब्यूटीपार्लर तालिमका प्रशिक्षार्थीहरुलाइ ब्यूटीसियन अञ्जना के.सी.ले प्रशिक्षण दिएकी थिइन ।

तालिमका सहभागीहरुलाई नगरप्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वर देवी चौधरी, वडाअध्यक्ष गणेश पाठकले सीप सिकेको तालिमको प्रमाणपत्रले सम्मान गरेका थिए । सानो लगानीमा पनि सुरु गर्न सकिने यो व्यवसाय पछिल्लो समय निकै फष्टाएको पाइन्छ ।