२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

२ वर्षसम्मकाे फ्रि स्पेयर्स पार्टस याेजनासहित टिभिएसकाे एक्सचेञ्ज

बुधवार , माघ ३०, २०८१

भैरहवा, ३० फागुन । टिभिएस मोटर्सको नेपालको लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले भैरहवामा महा एक्सचेञ्ज मानिया सचालनमा ल्याएको छ । नेपालमा सर्वाधिक विक्रीदर भएको टिभिएसले हालसम्मकै ठुलो अफरसहित एक्सचेञ्ज क्याम्प सचालनमा ल्याएको कम्पनीका रिजनल म्यानेजर सुवास देवकोटाले जानकारी दिए । 

टिभिएसको सबै भन्दा पुरानो लिगेसि भएको अपाचे सिरिजमा २ वर्षसम्मको पिरियोडिक पार्टस तथा मर्मत फ्रि अफर ल्याएको हो । जसअन्तर्गत ३१ हजार बराबरको निःशुल्क सुविधा ग्राहकले पाउन सक्नेछन् । एक्सचेञ्ज अवधिभर खरिद गर्ने ग्राहकहरुलाई १० हजारसम्मको नगद छुट तथा साटफेरमा उत्कृष्ट मूल्यांकन, ७.९९ प्रतिशत ब्याजदरमा स्पोट फाईनान्स, फ्रि एसेसरिज पनि रहेको व्यवस्थापक लक्ष्मण भण्डारीले जानकारी दिए । मेला यही फागुन २ गतेसम्म चल्ने देवकोटाले जानकारी दिए ।