
बिहिवार , फाल्गुण १, २०८१
भैरहवा, १ फागुन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ प्रभातपथस्थित नेपाल नालन्दा आवासीय माध्यमिक विद्यालयमा ‘नेपाल नालन्दा फूड फेस्टिबल–२०८१’ (खाना महोत्सव) आयोजना गरिएको छ ।
विद्यालयको २९ औं वार्षिकोत्सवको पूर्व संध्यामा बिहीबार खाना महोत्सवको आयोजना गरिएको प्राचार्य युवराज पोख्रेलले बताए । महोत्सवमा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुले कक्षागत रुपमा स्टल राखेको पोख्रेलले जानकारी दिए । कक्षा १० र १२ का विद्यार्थीहरुले दुई–दुईवटा स्टल राखेको उनले बताए ।
‘पढाईका साथसाथै विद्यार्थीहरुमा अन्य ज्ञान, सीप, क्षमता अभिवृद्धि होस् र उनीहरुको पाककला सम्बन्धी क्षमता पनि अभिवृद्धि होस् भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो’उनले भने–‘हरेक विद्यार्थीहरुमा एकै खालको प्रतिभा हुँदैन । विद्यार्थीहरुले पाककलामा पनि निपूर्णता पाउन् भनेर यो कार्यक्रम गरिएको हो ।’
प्राचार्य पोख्रेलले विद्यालयमा कक्षा ११ र १२ मा होटल म्यानेजमेन्टको पढाइ पनि हुने भएकाले विशेष गरी कक्षा ११ र १२ का विद्यार्थीहरुले भेज रोल, चिकन रोल जस्ता विशिष्ट परिकार तयार गरेको उनको भनाइ छ । फूड फेस्टिबलमा विद्यालयका सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक र नेपाल नालन्दाको छेउमै रहेको ॐ साई नर्सिङ्ग क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु गरी करिब १ हजार जनाको उपस्थिति रहेको विद्यालयले जनाएको छ ।
विगत ३ वर्षदेखि विद्यालयमा फूड फेस्टिबल कार्यक्रमको आयोजना गरिदै आएको प्राचार्य पोख्रेलले जानकारी दिए । विद्यालयको २९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस यही फागुन ७ गते हुने प्रबन्ध निर्देशक युवराज पाण्डेले जानकारी दिए ।
तस्वीरहरु :
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij