
बिहिवार , फाल्गुण १, २०८१
भैरहवा, १ फागुन । नेकपा (एमाले) निकट लोकतान्त्रिक मगर संघ, नेपाल सिद्धार्थगरको प्रथम अधिवेशन यही फागुन ३ गते शनिबार हुने भएको छ । भैरहवास्थित पीस नाइट पार्टी प्यालेसमा हुने अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालका केन्द्रीय सदस्य तथा एमाले सिद्धार्थनगरका सचिव उमेश थापा लाटोमगरले बताए ।
शनिबार बिहान ११ बजेदेखि अधिवेशन सुरु हुने लोकतान्त्रिक मगर संघ, नेपाल लुम्बिनीका प्रदेश सदस्य तथा अधिवेशन संयोजक गुमान सिंह सारुले बताए । अधिवेशनमा एमाले पोलिटब्यूरो सदस्य तथा राष्ट्रिय सभाका पूर्व सदस्य खिमलाल भट्टराई प्रमुख वक्ताको रुपमा आउने आयोजकले जनाएका छन् । अधिवेशनका लागि छनौट भएका ५२ जना प्रतिनिधि सहभागी हुनेछन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij