२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

रोहिणी गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा तोडफोड

शुक्रवार , फाल्गुण २, २०८१

भैरहवा, २ फागुन । रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव चढ्ने गाडीमा तोडफोड गरिएको छ । अज्ञात व्यक्तिले बिहीबार राती करिब ११ः३० बजे गाडीमा तोडफोड गरेको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिए ।

उनका अनुसार लु १ झ ३९५ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहारबाट गाडीको अगाडिको सिसा चर्किएको छ भने दायाँ साईडको सिसा फुटेको छ । रोहिणी–३ लक्ष्मीनगरस्थित अध्यक्ष यादवको निवासमा पार्किङमा राखिएको गाडीमा तोडफोड गरिएको हो । गाडी तोडफोडको घटनाबारे प्रहरीलाई जानकारी गराएको अध्यक्ष यादवले बताए ।

WhatsApp Image 2025-02-14 at 8.38.20 AM.jpeg