२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रुपन्देहीबाट ठुलो परिणाममा चरेश र गाँजासहित ७ जना पक्राउ

शनिवार , फाल्गुण ३, २०८१

रुपन्देही, ३ फागुन । जिल्ला प्रहरी कार्यालयले ठुलो परिणाममा चरेश र गाँजासहित ७ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही र लागु औषध नियन्त्रण ब्युरो भैरहवाबाट खटिएको सम्युक्त टोलीले २० किलोग्राम चरेश र २१ किलोग्राम गाँजा सहित त्यसमा संलग्न ७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीले रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४, बडा नम्बर ८ र तिलोत्तमा नगरपालिका वडा नम्बर १५ मा लागु औषध कारोबार हुँदैछ भन्ने गोप्य सुचनाको आधारमा लागु औषध र कारोवारमा संलग्नलाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख रञ्जितसिंह राठोरले जानकारी दिनुभयो । 

प्रहरीले धादिङ्ग गजुरी गाउँपालिका वडा नम्बर ८ बस्ने ३३ बर्षिय दिपक तामाङ, सोहि स्थानका ३६ बर्षिय सुन बहादुर तामाङ, ३१ बर्षिय नक्कल बहादुर तामाङ, ४१ बर्षिय प्रेमलाल तामाङलाई पक्राउ गरेको छ ।

त्यसैगरी रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ आदर्शनगर बस्ने २५ बर्षिय जिबन मल्लाह, तिलोत्तमा नगरपालिका वडा नम्बर १४ बस्ने २३ बर्षिय २३ दिलिप केवट र स्याङ्जा गल्याङ्ग नगरपालिका वडा नम्बर १ बस्ने ३८ बर्षिय जिवनाथ पाण्डे रहेका छन् । 

प्रहरीले लागुऔषध कारोवारमा संलग्न उनीहरुको थप अनुसन्धान भईरहेको जनाएको छ ।