
शनिवार , फाल्गुण ३, २०८१
काठमाण्डौं । पुर्वमन्त्री, राष्ट्रिय प्रजातन्त्र पार्टिका बरिष्ठ नेता तथा रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा सांसद दीपक बोहरा तथा प्राज्ञ गितकार उन्नती बोहरा शिलालाई पुत्री शोक परेको छ ।
बोहराकी सुपुत्री जेनी चाँदनी बोहरा ग्यारेटको ४६ बर्षको अल्पायुमै निधन भएको हो । चाँदनीका एक छोरा र दुई छोरी रहेका छन् ।
उनको पार्थिव शरिरलाई आज दिउसो साढे ४ बजे काठमाण्डौस्थित पशुपति आर्यघाटको बिद्युतिय शवदाह गृहमा अन्त्यष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij