
शनिवार , फाल्गुण ३, २०८१
काठमाडौं, ३ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदन र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्ने बताएका छन् ।
शनिबार झापाको दमकमा आयोजित खवरदारीसभालाई सम्बोधन गर्दै प्रचण्डले आफूले तेस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी लिएपछि भ्रष्टाचारविरुद्ध युद्ध लड्ने नयाँ सङ्कल्प लिएको र सरकारबाट बाहिरिएपछि सुशासनको एजेण्डालाई लिएर देशब्यापी अभियान थालेको समेत बताए । उनले अहिले एकथरि शक्तिहरु संविधान कमजोर बनाउनतिर लागिरहेको पनि बताए । आफूले जनयुद्धमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने अभियानको नेतृत्व गर्ने अवसर पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब भ्रष्टाचारविरुद्धको अभियानलाई तीब्र बनाउँदै समाजवादी क्रान्तिका लागि निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले अहिलेको प्रधानमन्त्री केपी ओलीलाई संघीयता, समावेश, समानुपातीक प्रणाली मन नगरेको भन्दै ओलीले संविधान च्यात्न खोजेको आरोप लगाए ।
अध्यक्ष प्रचण्डले आफ् पटक पटक प्रधानमन्त्री हुँदा देशभित्र र देशबाहिर नयाँ रेकर्डहरु बन्न थालेपछि दलाल, भ्रष्ट र बिचौलियाहरुले सरकार ढालेको स्पष्ट गरे । अब सरकारबाट बाहिरिएपछि देशब्यापी जनताको बीचमा गएर सुशासनको अभियानको नेतृत्व गर्ने अवसर पाएको र यसले जनतामा माओवादीप्रति नयाँ आकर्षण सुरु भएको उनले स्पष्ट गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij