२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

विधि मिचेर सरकारले ल्याएको अध्यादेश समर्थन गर्न सकिदैन : अध्यक्ष नेपाल

शनिवार , फाल्गुण ३, २०८१

  • 349
    Shares
  • 349
    Shares
  • काठमाडौं, ३ फागुन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले विधि मिचेर सरकारले अध्यादेश ल्याएकाले समर्थन गर्न नसकिने स्पष्ट पारेका छन् ।

    पार्टीको बागमती प्रदेशको प्रथम अधिवेशनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले संसदको अधिवेशन बोलाउने बेला, संसदीय समितिमा बिचाराधीन विधेयकलाई मिचेर अध्यादेश ल्याइएको भन्दै समर्थन गर्न नसकिने स्पष्ट पारेका हुन् ।

    उनले संसद आह्वान गर्न छाडेर बिचौलियाहरुको प्रभावमा परेर सरकारले हतार हतार अध्यादेश ल्याएको आरोप लगाए ।

    अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेश आपत्ति पूर्ण रहेको उनले बताए । अध्यक्ष नेपालले सरकारले गलत नियत राखेर सामाजिक सञ्जाल सम्बन्धी विधेयक अघि सारेको जिकिर गरे । उनले विधेयक पारित भए अनलाइन सञ्चारमाध्यमले कसैको विरोधमा समाचार लेख्न अवस्था नहुने बताए ।

    त्यस्तै अध्यक्ष नेपालले जनतामाझ गएर जनताका मुद्दालाई उठान गर्न कार्यकर्तालाई निर्देशन दिए ।