२०८३, भाद्र ३० गते

Sep 15 2026 | २०८३, भाद्र ३० गते

लोकतान्त्रिक मगर संघ सिद्धार्थनगरको अध्यक्षमा पृथ्वी

सोमवार , फाल्गुण ५, २०८१

  • 937
    Shares
  • 937
    Shares
  • भैरहवा, ५ फागुन । नेकपा (एमाले) निकट लोकतान्त्रिक मगर संघ, नेपाल सिद्धार्थनगरको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । शनिबार भैरहवामा सम्पन्न संघको अधिवेशनले पृथ्वी बहादुर थापा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । संघको उपाध्यक्षमा यान बहादुर थापा, सचिवमा रितु सारु, सह-सचिवमा दल बहादुर थापा र कोषाध्यक्षमा कौशल्या थापा रहेका छन् ।

    त्यस्तै सदस्यहरुमा संजय राना, जनक राना, मान बहादुर थापा, लाल बहादुर थापा, सुनिल थापा, दिल बहादुर थापा, दुन बहादुर थापा, शिशिर पुन, रुद्र थापा र गिता थापा रहेको लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालका केन्द्रीय सदस्य तथा एमाले सिद्धार्थनगरका सचिव उमेश थापा लाटोमगरले बताए ।

    480233498_9236224879818295_1741429425047017728_n.jpg

    अधिवेशनको उद्घाटन गर्दै एमाले पोलिटब्यूरो सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ का इञ्चार्ज खिमलाल भट्टराईले एमालेलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिए । ‘एमालेको नेतृत्वमा विकास भएको छ’उनले भने–देशलाई थप विकसित गर्न एमाले नै चाहिन्छ ।’ लोकतान्त्रिक मगर संघ, नेपाल सिद्धार्थनगरका अध्यक्ष पुथ्वी बहादुर थापा मगरले नगर अध्यक्षको जिम्मेवारी पाएकोमा खुसीको अनुभुति भएको बताए ।

    लोकतान्त्रिक मगर संघ, नेपाल लुम्बिनीका प्रदेश सदस्य तथा अधिवेशन संयोजक गुमान सिंह सारु मगरको अध्यक्षता, एमाले पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईको प्रमुख आतिथ्यता, रितु सारु मगरको स्वागत तथा एमाले सिद्धार्थनगरका उपसचिव सरोज ठकुरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत कुमार पोखरेल, पार्टीको लुम्बिनी प्रदेश कमिटी सदस्य हरि प्रसाद अधिकारी, गोपाल राना, प्रदेश सल्लाहकार लक्ष्मी कोइराला, लोकतान्त्रिक मगर संघ नेपालका पूर्व केन्द्रीय अध्यक्ष कुमार थापा, संघका लुम्बिनी प्रदेश अध्यक्ष नविन थापा, रुपन्देही जिल्ला उपाध्यक्ष हितराज पन्थी, सिद्धार्थनगर अध्यक्ष चक्र बहादुर थापा, नगर सचिव उमेश थापा लाटोमगर, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य शंकर प्रसाद पाण्डे लगायतको आतिथ्यता रहेको थियो ।