
सोमवार , फाल्गुण ५, २०८१
भैरहवा, ५ फागुन । रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले बृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । क्लबले शनिबार रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–१ स्थित भगवानपुर आधारभूत विद्यालयमा शिविर आयोजना गरेको हो ।
गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको प्राविधिक सहयोगमा भएको शिविरमा ८७६ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा मुटु परीक्षण, मधुमेह (सुगर), रक्तचाप, ई.सि.जी., ईको लगायत परीक्षण गरिएको रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका अध्यक्ष ओम जैसीले बताए । बिरामीहरुलाई निःशुल्क औषधि समेत वितरण गरिएको अध्यक्ष जैसीले जानकारी दिए ।
शिविरको प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले उद्घाटन गरेका थिए ।
रोटरी लुम्बिनी सिद्धार्थनगरका अध्यक्ष ओम जैसीको अध्यक्षता, प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेको प्रमुख आतिथ्यता, लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख (मेयर) सजरुद्दीन मुसलमानको विशिष्ट आतिथ्यता, लुसनपा–१ का अध्यक्ष सुरज कलवार, मुटुरोग विशेषज्ञ डा. समिर गौतम, श्री भगवानपुर आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगासागर अग्रहरी, जनउत्थान सहकारी लुम्बिनी सेवा केन्द्रका संयोजक सफिक अन्सारीलगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
रोट्रयाक्ट क्लब अफ लुम्बिनी सिद्धार्थनगरका अध्यक्ष सौरभ रेग्मीको स्वागत तथा रोटरी लुम्बिनी सिद्धार्थनगरका सचिव दिनेश अग्रवालको सञ्चालनमा कार्यक्रम भएको कार्यक्रम संयोजक तथा रोटरी लुम्बिनी सिद्धार्थनगरका पूर्वअध्यक्ष जितेन्द्रनाथ शर्माले बताए ।
लुम्बिनी विकास कोष, लुम्बिनी साँस्कृतिक नगरपालिका, जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि. र ग्रिन युथ अफ लुम्बिनीको सहकार्यमा शिविर भएको आयोजकले जनाएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij