
सोमवार , फाल्गुण ५, २०८१
दाङ, ५ फागुन । लुम्बिनी प्रदेश सभाको बैठकलाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली दाङको देउखुरी आइपुगेका छन् । मुख्यमन्त्री चेतनरायण आचार्यले प्रधानमन्त्री ओलीलाई स्वागत गरेका हुन् । नेपाली सेनाको एनए०६७ हेलिकप्टरमार्फत उनी यहाँ आएका हुन् । सोमबार (आज) बस्ने प्रदेश सभा बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्नेछन् ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रणा गरेका थिए । लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम निमन्त्रणा गरिएको थियो । यसअघि २०७५ साल वैशाख १६ गते तत्कालिन पाँच नम्बर प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गरेका थिए ।
प्रदेश सभाको बैठकलाई विशेष सम्बोधनपछि नेकपा (एमाले) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले घोराहीमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij