२०८३, आषाढ ३२ गते

Jul 16 2026 | २०८३, आषाढ ३२ गते

राष्ट्रिय परोपकार महासंघको महायज्ञ रूपन्देहीमा सुरू

सोमवार , फाल्गुण ५, २०८१

  • 991
    Shares
  • 991
    Shares
  • रूपन्देही, ५ फागुन । राष्ट्रिय परोपकार महासंघले आइतबार श्रीमद् भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ २०८१ को उद्घाटन गरेको छ । राष्ट्रिय परोपकार महासंघ नेपालले रूपन्देही जिल्ला कार्यसमितिको तत्वावधानमा आयोजित परोपकार कुञ्जधाम निर्माणमा सबै परोपकारी मनहरूलाई सहभागी गराउने उद्देश्यले आयोजना गरेको महायज्ञ फागुन ११ गतेसम्म सञ्चालन हुने यज्ञ मूल आयोजक समितिका संयोजक हरिध्वज मल्लले जानकारी दिए । महायज्ञ रुपन्देहीको बुटवल उपमहानगरपालिका–१५, सेमलार भाटा प्रगती टोलमा सञ्चालन भइरहेको छ । 

    महायज्ञ उद्घाटनपूर्व सुरू भएको शोभा कलश यात्रा बुटवल–१५ मुक्तिधाम हरिहर मन्दिरदेखि सुरू भएको थियो भने हेलिकोप्टरबाट पुष्पवृष्टि समेत गराइएको थियो । ५ हजारभन्दा बढी व्यक्तिहरूको सहभागीता रहेको शोभा कलश यात्रामा ९४ टोलीको उत्साहजनक उपस्थिति रहेको थियो ।  कलश यात्रा सोचेभन्दा भव्य भएको शोभा कलश यात्रा संयोजक मिना जि.सी.ले जानकारी दिइन् । 

    महायज्ञ उद्घाटनकै दिन दान गर्ने क्रम जारी

    महायज्ञमा उद्घाटन समारोहमा आइतबार सहभागी हुँदै ओमसतिया गाउँपालिका रूपन्देही निवासी रूद्रप्रसाद घिमिरेले १ लाख १५ हजार ५ सय ५५ रूपैयाँ परोपकार कुञ्ज धाम निर्माणका लागि दान गरेका छन् ।
    तिनाउ गाउँपालिका प्रदीपनगर निवासी चिन्तामणी चालिसेले परोपकार कुञ्ज धाम निर्माणका लागि १५ हजार ५ सय ५५ रूपैयाँ, त्यस्तै तिनाउ गाउँपालिका ढालानन्द चालिसेले १५ हजार ५ सय ५५ रूपैयाँ दान गरेका छन् ।  तिनाउ गाउँपालिका क्या. होम कुमार के.सीले ५५ हजार ५ सय ५५ रूपैया र बुटवल उपमहानगरपालिका ध्वज मल्लले ५५ हजार ५ सय ५५ रूपैयाँ दान गरेका छन् । बुटवल उपमहानगरपालिका– १२  डिलबहादुर कार्कीले ५ हजार ५ सय ५५ रूपैयाँ,  बुटवल उपमहानगरपालिका–१२ नयाँ गाउँ निवासी इश्वरा अर्याल भुसालले २ हजार ५ सय ५ रूपैयाँ दान गरेका छन् । त्यस्तै बुटवल उपमहानगरपालिका–१४ स्थित मिलिजुली आमा समूहबाट परोपकार कुञ्ज धाम निर्माणका लागि ५ हजार ५ सय ५५ रूपैयाँ दान प्राप्त भएको छ ।  

    राष्ट्रिय परोपकार महासंघले रूपन्देही शाखामा परोकार कुञ्ज धाम निर्माण गर्ने उद्देश्यले सुरू महायज्ञ फागुन ११ गतेसम्म सञ्चालन हुनेछ । लक्ष्यवर्ती दीप प्रज्जवलन फागुन १० गते शनिबार हुने र पूजा एवं परायण प्रत्येक दिन बिहान ७ बजेदेखि र कथा प्रवचन बिहान ११ बजेदेखि ४ बजेसम्म, आरती प्रत्येक दिन बेलुका ४ बजे, प्रसाद ग्रहण बेलुका ४ः३० बजेसम्म सञ्चालन भइरहेका छन् ।  

    आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री मा. बद्रीप्रसाद पाण्डेले महायज्ञको उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै मन्त्री पाण्डेले सनातन धर्म संस्कृतिको जर्गेना मानव सभ्यतासँग जोडिएको बताए। महासंघका राष्ट्रिय अध्यक्ष भागवत भाष्कर कमलनयन गौतमको परिकल्पनालाई सार्थक बनाउन जुट्नुभएका सबैलाई आभार व्यक्त गरे ।

    1739756992-ra8ug.jpg

    महायज्ञ उद्घाटन समारोहमा मन्त्री पाण्डेसँगै राष्ट्रिय परोपकार महासंघ नेपालका परिकल्पनाकार, संस्थापक भागवत भास्कर कमल नयन गौतम, मानवसेवा आश्रमका केन्द्रीय संस्थापक अध्यक्ष रामजी अधिकारी, वास्तुविद् वरिष्ठ ज्योतिष वासुदेव कृष्ण शास्त्री, बुटवल उपमहानगरपालिकाका प्रमुख खिलराज पाण्डे, नगर प्रवक्ता तथा वडा नम्बर १५ का अध्यक्ष शिव राना, महायज्ञका अध्यक्ष हरिध्वज मल्ल, तुल्सीराम भण्डारी, धर्मराज शर्मा, मीना जिसी लगायतको उपस्थिति रहेको थियो ।