
सोमवार , फाल्गुण ५, २०८१
भैरहवा, ५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशले भारतको उडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरणको छानबीनका लागि तत्काल कूटनीतिक पहल थाल्न सरकारसँग माग गरेको छ ।
रुपन्देही निवासी लम्सालको रहस्यमय मृत्यु भएको दुःखद घटनाप्रति राप्रपा लुम्बिनी प्रदेशको गम्भिर ध्यानाकर्षण भएको प्रदेश अध्यक्ष प्रदीपकुमार उदयले बताए । ‘सो रहस्यमय निधनबारे गम्भिरतापूर्वक अनुसन्धान गर्न र सत्यतथ्य पत्ता लगाउन नेपाल सरकारले तत्काल भारत सरकारसँग कूटनैतिक पहल गर्न राप्रपा लुम्बिनी प्रदेश नेपाल सरकारसँग माग गर्दछ, ’उदयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
सो घटनाबारे सत्यतथ्य छानबीन गर्न माग गर्दै विद्यार्थीहरुद्वारा गरिएको प्रदर्शन दबाउन त्यहँ अध्ययनरत नेपाली विद्यार्थीहरुमाथि गरिएको दमनप्रति चासो लिन समेत राप्रपाको आग्रह छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij