२०८३, बैशाख ७ गते

Apr 20 2026 | २०८३, बैशाख ७ गते

तिलोत्तमामा खुल्यो यार्सा अर्गानिक हाउस

मंगलवार , फाल्गुण ६, २०८१

  • 781
    Shares
  • 781
    Shares
  • तिलोत्तमा, ६ फागुन । फरक वातावरणमा अर्गानिक स्वाद पस्कने गरी रुपन्देहीको तिलोत्तमा नगरपालिकामा यार्सा अर्गानिक हाउस सञ्चालनमा आएको छ । प्रकृतिसँग स्वादको भेट गराउने नारासहित दुई कोरिया रिर्टनी युवाहरुको लगानीमा यार्सा अर्गानिक हाउस मणिग्राम विकास पथमा सञ्चालनमा ल्याएका हुन् । युवा व्यवसायीहरु सुरेश क्षेत्री र विष्णु घिमिरेको ६० लाख संयुक्त लगानीमा सञ्चालनमा ल्याइएको हो । हाउसले १३ जनालाई प्रत्यक्ष रोजगारीमा समेत जोडेको छ । 

    गुणस्तर र सर्वसुलभ अर्गानिक स्वाद दिने उद्देश्यसहित एकदमै फरक व्यवस्थापनमा हाउस सञ्चालनमा ल्याएको सञ्चालक सुरेश क्षेत्रीले जानकारी दिए । मौसमी तथा बेमौषमी तरकारीहरु उत्पादन गर्नको लागि टनेल हाउसमा बसेर ग्रीनरी हेर्दै आफैले साग टिप्दै खान पाउने व्यवस्था मिलाइएको उनले जानकारी दिए । ‘कोरोनापछि मानिसहरुमा अर्गानिक खानेकुराहरुप्रति रुची बढिरहेको छ र हामी पनि अर्गानिक नै खुवाउने योजना बनाएका थियौं । सोही कन्सेप्टलाई टिपेर यार्सा अर्गानिक हाउस सञ्चालनमा ल्याएका हौं’ उनले भने–टनेलभित्र बसेर खाना कुर्दैगर्दा सागपात आफै टिपेर खान मिल्ने व्यवस्था समेत मिलाएका छौं ।’ उनले ग्राहकहरुलाई गुणस्तरीय खानेकुरा सक्दो सस्तो मूल्यमा व्यवस्थापन गर्ने योजनाअनुरुप नै काम गरिरहेको बताउँदै ग्राहकको स्वास्थ्य र पैसा दुवै बचाउने गरी व्यवस्थापन भइरहेको बताए । 

    अहिलेको लागि कालिज, लोकल कुखुरा तथा माछा केजीको रुपमा किनेर विभिन्न परिकार बनाएर ग्राहकलाई पस्किने बताउँदै सञ्चालक क्षेत्रीले पकाएको लागि न्यूनतम शुल्क लिने गरेको जानकारी दिए । आईटी अध्ययन गर्दै गरेका विष्णु घिमिरेका छोरा सरोज घिमिेरेले पनि हाउसको व्यवस्थापनमा सहयोग गर्दै आएका छन् । पछिल्लो समय देखिएको स्वास्थ्यप्रतिको सचेतको अवस्था हेर्दा अर्गानिकमा आकर्षण बढेको व्यवस्थापक सरोज घिमिरेले बताए । उनले आफूहरुको मेन्युमा रहेका अधिकांश कुराहरु आफै उत्पादन गर्दै आइरहेको बताए । 

    5dca75c4-1e5a-4f68-afaa-e9384532b99d.jpg

    होटल क्षेत्रमा १० वर्ष बढीको अनुभव बोकेका सुरेशले अहिले मौसमी र बेमौसमी तरकारीहरु लगाउनको लागि क्षेत्रफल १ बिघा क्षेत्रफल जग्गामा टनेल तथा अन्य पूर्वाधारहरु निर्माण गरिरहेका छन् । क्षेत्रीको आफ्नै कालिज फर्म समेत रहेको छ । यार्सा अर्गानिक हाउस उद्घाटनको अवसरमा सबै सेवामा १० प्रतिशत छुटको व्यवस्था गरिएको उनले जानकारी दिए ।