२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लायन्स तिलोत्तमा मेरिगोल्डले मनायो स्थापना दिवस

मंगलवार , फाल्गुण ६, २०८१

भैरहवा, ६ फागुन । लायन्स क्लब अफ तिलोत्तमा मेरिगोल्डले आफ्नो पहिलो स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसर पारेर विभिन्न कार्यक्रम समेत गरिएको क्लबले जनाएको छ ।

मेरिगोल्डले डाइरेक्ट्री निकालेर १५ जना महिलाहरुलाई ब्यूटीसियन तालिम दिएको थियो । स्थापना दिवसको अवसरमा ब्यूटीसियन तालिम लिएका महिलाहरुलाई प्रमाणपत्र प्रदान गरिएको मेरिगोल्डकी अध्यक्ष शान्ति शर्माले जानकारी दिइन् । उनले आफ्नो नेतृत्व महिलाहरुलाई उद्यमशील बनाउने विभिन्न कार्यक्रम गरेको बताइन् ।

कार्यक्रममा लायन्स डिष्ट्रिक ३२५ पी का गभर्नर पुरुषोत्तम प्रधानाङ्गले लायन्स मेरिगाल्डले समाजमा देखिने गरी सामाजिक कार्य गरेको उल्लेख गरे । उनले तिलोत्तमा मेरिगोल्डले पहिलो वर्षमै उल्लेखनीय उत्कृष्ट कार्यहरु गरेको भन्दै धन्यवाद दिएका थिए । ‘महिलालाई उद्यमशील बनाउन लायन्स मेरिगोल्डले निकै मिहिनेतका साथ कार्य गरेको रहेछ गभर्नर प्रधानाङ्गले भने–‘आगामी दिनमा पनि यस्तै उत्कृष्ट कार्य गर्दै जानुपर्छ ।’

FB_IMG_1739893908202.jpg

कार्यक्रममा डिष्ट्रिक क्याबिनेट सेक्रेटरी माधव प्रसाद खनालले लायन्स संस्थाहरुले सामाजिक कार्यलाई उद्यमशीलतासँग जोड्न सके समाजमा विकास गर्न सहज हुने बताए । कार्यक्रम संयोजक रजनी गैरेको संयोजनमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष कमला ज्ञवाली घिमिरे लगायतले शुभकामना दिएका थिए ।