
बुधवार , फाल्गुण ७, २०८१
भैरहवा, ७ फागुन । वातावरण बचाउ आन्दोलन सिद्धार्थनगरद्वारा सञ्चालित सामुदायिक रेडियो रुपन्देही एफ.एम.१०२ मेगाहर्ज बुधबार (आज) फागुन ७ गतेदेखि २० वर्ष पूरा गरी २१ औं वर्षमा प्रवेश गरेको छ । ‘सही सूचना, सत्य समाचार, स्वस्थ्य मनोरञ्जन तपाईको अधिकार’ भन्ने नारासहित २०६१ साल फागुन ७ गतेदेखि औपचारिक प्रसारण शुरु गरेको एफ.एम.ले विभिन्न कार्यक्रम गरी वार्षिक उत्सव मनाउँदैछ ।
१ हजार वाट क्षमता भएको रेडियो बिहान ५ बजेदेखि राति ११ बजेसम्म दैनिक १८ घण्टा नियमित प्रसारण हुँदै आइरहेको एफ.एम.का स्टेशन म्यानेजर शंकर प्रसाद पाण्डेले बताए । वार्षिक उत्सवको अवसरमा रेडियोका अध्यक्ष भरत कुमार पोखरेलले समस्त श्रोता, विज्ञापनदाता, कर्मचारी, सदस्यहरु, शुभेच्छुक सबैमा शुभकामना व्यक्त गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij