
बुधवार , फाल्गुण ७, २०८१
भैरहवा, ७ फागुन । भारतको ओडिसा भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीको छात्रावासमा मृत भेटिएकी भैरहवाकी प्रकृति लम्साललाई बुधबार (आज) साँझसम्म घर ल्याइने जनाइएको छ ।
केआइआइटीमा स्नातक अन्तिम बर्षमा अध्ययनरत भैरहवाकी २१ वर्षिय प्रकृति लम्सालको शवलाई साँझसम्म भैरहवस्थित घरमा ल्याइने पारिवारिक श्रोतले जनाएको छ ।
लम्सालका बुबा सुनिल लम्साल लगायतले प्रकृतिको शव लिएर बिहान १० बजे भारतको ओडिसास्थित भुवनेश्वरबाट हिंडेको प्रकृतिका मामा शिव शर्माले जानकारी दिए । केआइआइटी स्नातक अन्तिम वर्षमा अध्ययनरत भैरहवाकी छात्रा प्रकृतिको शव छात्रावासमा भेटिएको थियो । घटनाको जानकारी पाएपछि प्रकृतिका बुवा भारतको ओडिसा पुगेका थिए । उनकी आमा काठमाडौंबाट बुटवल आइपुगे पनि भैरहवा घरमा अहिलेसम्म ल्याइएको छैन । उनलाई पनि साझसम्म घर ल्याइने बताइएको छ ।
प्रकृतिका बुवाआमा र भाइ काठमाडौंमा बसेर उद्योग सञ्चालन गर्दै आएका थिए । हजुरबुवा र हजुरआमा भैरहवा बस्दै आएका थिए । प्रकृतिका ९ वर्षिय भाइ छन् । प्रकृतिको मृत्यु प्रकरणबारे उनको परिवारले अहिलेसम्म आधिकारिक रुपमा कुनै प्रतिक्रिया दिएको छैन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij