
बुधवार , फाल्गुण ७, २०८१
भैरहवा, ७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी, रुपन्देहीले राष्ट्रसेवक कर्मचारीमाथि कार्यालय समयमा बैठक बसिरहेको अवस्थामा गालीगलौज गर्ने र अपशब्द बोल्ने जस्ता अमानवीय व्यवहार गरी भौतिक आक्रमण गर्नु अत्यन्तै निन्दनीय कार्य भएको बताएको छ ।
एमाले रुपन्देहीले फागुन ५ गते रोहिणी गाउँपालिकामा कार्यरत कर्मचारी (शिक्षा शाखा प्रमुख) मधु प्रसाद घिमिरेमाथि वडा नम्बर २ का वडाअध्यक्ष करम हुसेन खानले गालीगलौजसहित भौतिक आक्रमण गरी घाइते बनाएको अप्रिय घटनाप्रथि गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
यही फागुन ६ गते मंगलबार बुटवलमा सम्पन्न एमाले जिल्ला कमिटी रुपन्देहीको दोस्रो पूर्ण बैठकले घटनाको घोर भ्रत्सना गर्दै कर्मचारी आक्रमणमा संलग्नलाई कानूनबमोजिम कारवाही गर्न सम्बन्धित पक्षसँग माग गर्ने प्रस्ताव पारित गरेको छ ।
जिल्ला अध्यक्ष यज्ञ गैरेको अध्यक्षता तथा जिल्ला इञ्चार्ज लिला गिरीको प्रमुख आतिथ्यतामा बैठक बसेको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij