२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

रुपन्देही एफएमले मनायो २१ औं वार्षिकउत्सव

बुधवार , फाल्गुण ७, २०८१

  • 889
    Shares
  • 889
    Shares
  • भैरहवा, ७ फागुन । वातावरण बचाउ आन्दोलन सिद्धार्थनगरद्वारा सञ्चालित सामुदायिक रेडियो रुपन्देही एफ.एम.१०२ मेगाहर्ज फागुन ७ गते बुधबार (आज) देखि २० वर्ष पुरा गरी २१ औं वर्षमा प्रवेश गरेको छ । 
    ‘सही सूचना, सत्य समाचार, स्वस्थ मनोरञ्जन तपाईको अधिकार’ भन्ने नारासहित २०६१ साल फागुन ७ गतेदेखि औपचारिक प्रसारण सुरु गरेको एफ.एम.ले आज बुधबार नवौं साधारणसभासहित २१ औं वार्षिक उत्सव मनाएको हो । 

    संस्थाका अध्यक्ष भरत कुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमा प्रमुख अतिथि संस्थाका संस्थापक प्रा.डा.कपिलदेव लामिछानेले वृक्षरोपण गरी उद्घाटन गरेका थिए । उनले समुदायको रेडियो समुदायस्तरमा क्रियाशील हुनुपर्ने बताए । उनले एफ.एम.रेडियोले खेलेको भूमिका महत्वपुर्ण रहेको भन्दै रुपन्देही एफ.एम. सिद्धार्थनगरको गहना भएकोले यसको विकासमा स्थानीय सरकारको पनि दायित्व रहेको बताए । प्रा.डा.लामिछानेले वातावरणको क्षेत्रमा सचेतना फैलाउन रेडियोको स्थापना भएको बताए ।

    कार्यक्रममा प्रा.डा.गितु गिरी, पूर्वअध्यक्ष अधिवक्ता कुलानन्द ज्ञवाली, सिद्धार्थ साहित्य परिषदका अध्यक्ष डिल्लीराज भट्टराई, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका महासचिव कृष्ण प्रसाद घिमिरे, सिद्धार्थनगर–८ का सदस्य हरि प्रसाद आचार्य, पूर्व जिल्ला शिक्षा अधिकारी बरखु प्रसाद रजक, अखण्ड सुख केन्द्रका अध्यक्ष बलराम जिसी सरस्वती, मदिरा व्यवसायी संघ, भैरहवाका संस्थापक अध्यक्ष केशवराज ज्ञवाली, बौद्धिक अपागंता अभिभावक संघ रुपन्देहीका अध्यक्ष बाबुराम केसी, समाजसेवी मिलन बस्नेत, कुमार केसी, अविरल सहकारीका कविराम भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै यस क्षेत्रको समाज रुपान्तरणमा रुपन्देही एफ.एम.ले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । कार्यक्रममा अध्यक्ष पोखरेलले भावी योजनासहितको प्रस्ताव प्रस्तुत गरेका थिए । त्यस्तै कोषाध्यक्ष कुलप्रसाद न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
    संस्थाका उपाध्यक्ष पर्शुराम पराजुलीको स्वागत, सह–सचिव लक्ष्मण ज्ञवालीको धन्यवाद ज्ञापनमा भएको कार्यक्रमको सञ्चालन सचिव गुनाराम घिमिरेले गरेका थिए ।

    १ हजार वाट क्षमता भएको रेडियो बिहान ५ बजेदेखि राति ११ बजेसम्म दैनिक १८ घण्टा नियमित प्रसारण हुँदै आएकोे एफ.एम.का स्टेशन म्यानेजर शंकर प्रसाद पाण्डेले बताए । रुपन्देही एफ.एम.मा रुपन्देही समाचार, भलाकुसारी, अपनवाणी जस्ता कार्यक्रम श्रोतामाझ लोकप्रिय बनेको पाण्डेले बताए ।

    वार्षिक उत्सवको अवसरमा रेडियोका अध्यक्ष भरत कुमार पोखरेलले समस्त श्रोता, विज्ञापनदाता, कर्मचारी, सदस्यहरु, शुभेच्छुक सबैमा शुभकामना व्यक्त गरेका छन् ।