
बुधवार , फाल्गुण ७, २०८१
भैरहवा, ७ फागुन । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी मुद्रासहित एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मुम्बई, मालाड वेष्टका ३६ वर्षिय राहुल चतुर्वेदी रहेको प्रहरीले जनाएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका अनुसार श्रीएयरको उडानमार्फत भैरहवादेखि काठमाण्डौं जान लागेका चतुर्वेदीको साथबाट ९ लाख २४ हजार ७ सय भारतीय रुपैयाँ, १ हजार यूएस डलर र ९ सय ६० संयुक्त अरब इमिरेट्स दिर्हाम विदेशी मुद्रा बरामद भएको छ ।
बरामद गरिएका विदेशी मुद्रा र पक्राउ परेका चतुर्वेदीलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij