२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

प्रकृति लम्सालको शव भैरहवा ल्याईयो

बुधवार , फाल्गुण ७, २०८१

भैरहवा,७ फागुन । भारतको ओडिसा भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीको छात्रावासमा मृत भेटिएकी भैरहवाकी प्रकृति लम्साललाई नेपाल ल्याइएको छ । 

लम्सालको शवलाई भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज, शिक्षण अस्पतालको शव गृह (मर्चरी)मा राखिएको छ ।  

केआइआइटीमा स्नातक अन्तिम बर्षमा अध्ययनरत भैरहवाकी २१ बर्षिय प्रकृति लम्सालको शव साझ ९ बजेतिर नेपाल ल्याईएको रुपन्देही प्रहरीले जनाएको छ । 

लम्सालका बुबा सुनिल लम्साल आउन ढिलाई भएकाले शवलाई अस्पतालको मर्चरीमा ल्याएर राखिएको प्रहरी नायव उपरिक्षक सुरज कार्कीले जानकारी दिए । 

केआइआइटी स्नातक अन्तिम बर्षमा अध्ययनरत भैरहवाकी छात्रा प्रकृतिको शव छात्रावासमा भेटिएको थियो । घटनाको जानकारी पाएपछि प्रकृतिका बुबा भारतको ओडिसा पुगेका थिए ।