२०८२, फाल्गुण ९ गते

Feb 21 2026 | २०८२, फाल्गुण ९ गते

प्रकृति लम्साल मृत्यु प्रकरण : एक सय ५२ विद्यार्थी नेपाल फर्किए

बुधवार , फाल्गुण ७, २०८१

  • 1000
    Shares
  • 1000
    Shares
  • भैरहवा । भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआइटी) मा अध्ययरत एक सय ५२ जना विद्यार्थी नेपाल फर्किएका छन् ।

    बिरगञ्जको रक्सौल नाका हुँदै एक सय ४१ जना र रुपन्देहीको बेलहिया नाकाहुदै ११ जना गरी एक सय ५२ जना बिद्यार्थी नेपाल फर्किएको शुरक्षा अधिकारीहरुले जनाएका छन् । 

    केआईआइटीमा अध्ययनरत नेपाली विद्यार्थी भैरहवाकी प्रकृति लम्सालको मृत्यु भएसँगै नेपाली विद्यार्थीहरु असुरक्षाको कारण देखाउँदै स्वदेश फर्किएको ती शुरक्षा अधिकारीले बताएका छन् । पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी निशानराज गौतमका अनुसार साझ ७ बजेसम्म एक सय १६ जना छात्र र २५ छात्रा गरी एक सय ४१ जना रक्सौल नाकाहुदै नेपाल फर्किएका हुन् । 

    निमित्त प्रजिअ गौतमले फर्किएका विद्यार्थीले केआईआइटी प्रशासनले धम्की र मानसिक यातना दिएको गुनासो गरेको जानकारी दिए । उनले बिद्यार्थीहरुले न्यायको पुर्ण प्रत्याभुति नहुदासम्म अध्ययन गर्न जान नसकिने उल्लेख गरेको बताए। 

    यता रुपन्देहीको बेलहिया नाकाबाट ११ जना बिद्यार्थी नेपाल फर्किएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव निरिक्षक सुरज कार्कीले जानकारी दिए ।