
बुधवार , फाल्गुण ७, २०८१
भैरहवा, ७ फागुन । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय २५ ग्राम सुन बरामद भएको छ । मंगलबार दिउँसो विमानस्थलको आगमन टर्मिनल भवनको प्रवेशद्वार नजिकै बाँयातर्फ महिला शौचालयबाट बेवारिसे अवस्थामा विमानस्थलमा सुरक्षा कार्यालयमा कार्यरत प्रहरी टोलीले सुन बरामद गरेको हो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका अनुसार रियाज अहमद नाउको नाममा जारी भएको गोल्डेन स्टोन न्यू ज्वेलरीको बील नम्बर १०९२६ बाट २५ ग्राम र बील नम्बर १०९२९ बाट १ सय ग्राम सुन जस्तो देखिने पहेलो रंगको धातुले बनेको दुई थान सिक्री बरामद भएको हो । बरामद गरिएको सिक्री आवश्यक कारवाहीको लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij