२०८२, भाद्र ९ गते

Aug 25 2025 | २०८२, भाद्र ९ गते

केआईटी प्रशासनका कर्मचारीले नेपालप्रति गरेको टिप्पणीप्रति लोविसंघको ध्यानाकर्षण

बिहिवार , फाल्गुण ८, २०८१

  • 871
    Shares
  • 871
    Shares
  • भैरहवा, ८ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल निकट लोकतान्त्रिक विद्यार्थी संघ (लोविसंघ) जिल्ला कार्यसमिति, रुपन्देहीले भारतको उडिसास्थित कलिगां इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईटी)मा कार्यरत प्रशासनका कर्मचारीहरुले नेपालप्रति गरेको अपमानजनक टिकाटिप्पणीप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । लोविसंघले केआईटी विश्वविद्यालयलाई रुपन्देही जिल्लामा तत्काल प्रतिबन्ध लगाउन समेत माग गरेको छ ।

    बिहीबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै लोविसंघले केआईटी विश्वविद्यालयमा विद्यार्थीहरुलाई पठाउने कन्सलटेन्सी, संघ–संस्था र एजेण्टहरुलाई तत्काल बोलाइ विद्यार्थीको हालसम्म विवरण माग गरी विद्यार्थीहरुको अवस्थाबारे तत्काल जानकारी गराउन आग्रह गरेको हो ।

    ‘रुपन्देही जिल्लामा केआईटी विश्वविद्यालयको कुनैप्रकारको क्रियाकलाप हुन नदिन समेत आग्रह गर्दछौं, ’लोविसंघका केन्द्रीय सचिव जैनुद्दीन देवान, रुपन्देही जिल्ला संयोजक अमन बनिया र अध्यक्ष ओक्कार युनुसद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख छ ।

    सिद्धार्थनगर नगरपालिका–८ मा स्थायी घर भइ भारतको उडिसा राज्यस्थित कलिगां इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईटी) मा अध्ययनरत प्रकृति लम्सालको रहस्मय निधनको घटनाले लोविसंघ स्तब्ध भएको ज्ञापनपत्रमा उल्लेख छ । 

    ‘कलेजमा अध्ययनरत एक युवकले आफूलाई चरम यातना तथा मानसिक दबाब दिएको कुरा पटकपटक क्याम्पस प्रशासनलाई जानकारी गराउँदा पनि प्रशासनबाट कुनै पनि पहल नहुनु तथा घटना घटिसकेपश्चात प्रकृति लम्सालका साथीहरु तथा नेपाली विद्यार्थीलाई तत्काल शव हेर्न नदिइ एकपक्षीय ढंगले मृत घोषणा गर्नुले घटना रहस्मय रहेको पुष्टि गर्दछ, ’ज्ञापनपत्रमा भनिएको छ ।
    घटनामा संलग्न दोषीलाई कारवाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न समेत लोविसंघको माग छ ।