२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

तिलोत्तमामा ‘पामिर एक्स्पो’

शनिवार , फाल्गुण १०, २०८१

तिलोत्तमा, १० फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरस्थित पामिर इन्टरनेशनल एकेडेमीले एकदिने पामिर एक्स्पो सम्पन्न गरेको छ । शुक्रबार विद्यालय प्रांगणमा एकसाथ आर्ट एक्स्पो, फुड फेस्टिभल तथा विज्ञान प्रदर्शनीको आयोजना गरिएको हो । मेलाले विद्यार्थीहरुमाझ लुकेर रहेका प्रतिभा प्रस्फुटन गर्न मद्दत पुर्याउने विद्यालयका प्राचार्य गोपाल गौतमले बताए । एक्स्पोमा कक्षा ५ देखि ९ सम्मका विद्यार्थीहरुले विभिन्न स्टलमा फूड्कोट, कला तथा विज्ञान प्रदर्शनीको आयोजना गरेका थिए । 

प्रदर्शनीमा शिक्षक, अभिभावक तथा विद्यार्थीहरुले स्टलमा राखिएका वस्तु तथा सेवाहरुको अवलोकन गर्नुका साथै विक्री समेत गरेका थिए । एक्स्पोले विद्यार्थीको अन्तरनीहित प्रतिभाको प्रस्फुटनसँगै व्यवहारिक शिक्षाका लागि मद्दत पुर्याउने विद्यालयका अध्यक्ष मोहन चापागाईंको भनाइ छ । एक्स्पोका लागि अभिभावक तथा विद्यार्थीहरूको रेस्पोन्स राम्रो रहेकोले आगामी वर्ष अझै बृहत तरिकाले एक्सपोको आयोजना गर्ने उनले बताए । 

विद्यालयले आफ्नो शैक्षिक क्यालेण्डर अनुसार माघ १८ गते वार्षिकोत्सव सम्पन्न गरेको थियो । एक्सपोको सञ्चालन कक्षा ९ का प्रतिज्ञा सुवेदी र इशा पाण्डेले गरेका थिए । पामिर इन्टरनेशनलमा पीजी ग्रुपदेखि कक्षा १० सम्म अध्ययन हुँदै आएको छ । एक्सपोमा विद्यार्थीहरुको विभिन्न साँस्कृतिक प्रस्तुति समेत रहेको थियो ।