२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

युनिभर्सल पब्लिक स्कूलले मनायो २६ औं वार्षिकोत्सव

शनिवार , फाल्गुण १०, २०८१

भैरहवा, १० फागुन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित युनिभर्सल पब्लिक हाई स्कूलको २६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस–२०८१ सम्पन्न भएको छ । विद्यालयले एक समारोहकाबीच बुधबार २६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।

सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा विद्यार्थीहरुले नृत्य, गीत, संगीत, नाटकजस्ता विविध कार्यक्रमहरु प्रस्तुत गरेका थिए । सो अवसरमा बोल्दै उपप्रमुख अधिकारीले विद्यार्थीहरुद्वारा आमाबुबाको झगडाले बाल मस्तिष्कमा कस्तो प्रभाव पार्दछ भन्ने सन्दर्भमा देखाइएको जीवन्त नाटक हेरेर विद्यार्थीको प्रशंसा गरिन् । उनले जीवन्त अभिनय गरेको र जल्दोबल्दो पारिवारिक समस्यालाई मिहिन ढंगले प्रस्तुत गरेकोमा विद्यार्थीहरुको प्रशंसा गरिन् । उनले भनिन्–‘कक्षा १२ पछि छोराको चिन्ता गरेजस्तो छोरीका लागि ज्वाई खोज्नुभन्दा शिक्षा, सीपमा जोड्नुपर्छ ।’ 

uni1.jpg

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष देवी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्राचार्य गोकुल पोखरेलले विद्यालयले विद्यार्थीको पढाइका साथै सिर्जनशीलताको विकासमा विद्यार्थी केन्द्रित रही पठनपाठन गराउँदै आएको बताए । उनले विद्यार्थीहरुलाई नैतिकवान बनाउनुपर्नेमा जोड दिए ।

विद्यालयका सहायक प्राचार्य सुरज घिमिरे, शिक्षकहरु किरन घुरहु, नोमबहादुर थापा, विद्यार्थीहरु सम्राट पोखरेल, दृष्टि सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा विद्यालयमा लामो समयसम्म उत्कृष्ट रुपमा शिक्षण गरेवापत शिक्षक किरण घुरहुलाई रु. ५ हजार ५, सम्मान–पत्र र दोसल्लाबाट सम्मान गरिएको थियो । 

कार्यक्रममा २०८० सालको वार्षिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो । कार्यक्रममा खेल सप्ताह २०८१ मा विजयी विद्यार्थीहरुलाई मेडलले सम्मान गरिएको विद्यालयका सहायक प्राचार्य सुरज घिमिरेले जानकारी दिए ।