२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

प्रकृति लम्सालको सम्झनामा स्वतन्त्र युवा क्लब भैरहवाद्वारा दीप प्रज्वलन

शनिवार , फाल्गुण १०, २०८१

भैरहवा, १० फागुन । भारतमा मृत्यु भएकी भैरहवाकी विद्यार्थी प्रकृति लम्सालको सम्झनामा स्वतन्त्र युवा क्लब भैरहवाले दीप प्रज्वलन गरेको छ । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत २० वर्षीया लम्साल त्यहाँको होस्टेलमा मृत भेटिएकी थिइन् ।

स्वर्गीय लम्सालको सम्झनामा भैरहवाको बुद्धचोकमा दीप प्रज्वलन गरिएको स्वतन्त्र युवा क्लबका सचिव ज्ञानेन्द्र पाण्डेले बताए । दीप प्रज्वलन कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष जीत बहादुर गुप्ता (शेखर), वरिष्ठ सल्लाहकार पर्शुराम पराजुली लगायतले बोल्दै रहस्यमय मृत्यु भएकी प्रकृति लम्साललाई न्याय दिनुपर्ने र दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गरे । उनीहरुले यसका लागि नेपाल सरकारले कुटनीतिक पहल गर्नुपर्नेमा जोड दिए ।