२०८२, फाल्गुण ९ गते

Feb 21 2026 | २०८२, फाल्गुण ९ गते

प्रकृति लम्सालको सम्झनामा अनेरास्ववियुद्वारा दीप प्रज्वलन

शनिवार , फाल्गुण १०, २०८१

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, १० फागुन । भारतमा मृत्यु भएकी भैरहवाकी विद्यार्थी प्रकृति लम्सालको सम्झनामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) भैरहवा बहुमुखी क्याम्पस कमिटीले दीप प्रज्वलन गरेको छ । अनेरास्ववियुले भैरहवास्थित देवकोटाचोकमा दीप प्रज्वलन कार्यक्रम गरेको हो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा (एमाले) रुपन्देही जिल्ला सदस्य तथा विद्यार्थी सह–इञ्चार्ज लक्ष्मी केसीले प्रकृति लम्सालको रहस्मय मृत्यु भएकाले घटनाको निष्पक्ष छानबीन गर्न माग गरिन् । उनले प्रकृतिलाई न्याय दिनुपर्नेमा जोड दिइन् । अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष विवेक भण्डारीको अध्यक्षता तथा अनेरास्ववियु सिद्धार्थनगर नगर कमिटीका कोषाध्यक्ष कमल घिमिरेको सञ्चालनमा भएको कार्यक्रममा एमाले सिद्धार्थनगर

    उपसचिव एवं अनेरास्ववियु लुम्बिनी प्रदेश उपाध्यक्ष सरोज ठकुरी, अनेरास्ववियु केन्द्रीय सदस्य एवं विद्यार्थी इञ्चार्ज सागर न्यौपाने, रुपन्देही जिल्ला कमिटी सदस्य आशिष पन्त, स्वेता कुमारी हरिजन, गौरव पोखरेल, मनोज पन्थ, सिद्धार्थनगर अध्यक्ष के.एल. पाण्डे, प्रेम यादव, नोबल आचार्य, प्रतिक नेपाल लगायत विद्यार्थीहरुको उपस्थिति थियो ।

    भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत प्रकृति लम्साल त्यहाँको होस्टेलमा मृत भेटिएकी थिइन् ।